पत्रकार गैरेप्रति श्रद्धाञ्जली

असल शासन प्रतिनिधि

नेपालगञ्ज/पत्रकार ऋषि गैरेको असमायिक निधन भएको छ ।

हृदयघात भई काठमाण्डौंमा उपचारार्थ गैरेको शुक्रवार निधन भएको हो ।

उनको निधनबाट सिंगो बाँकेको पत्रकारिता क्षेत्र स्तब्ध बनेको छ । पत्रकारका बिभिन्न संगठनहरुले पत्रकार गैरे प्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
स्वतन्त्र पत्रकार संघ नेपाल बाँके शाखाले शोक बक्तव्य जारी गर्दै पत्रकार गैरेको निधनबाट स्तव्ध तथा मर्माहत बनेको जनाएको छ ।

नेपाल पत्रकार महासंघ बाँकेका पूर्ब अध्यक्ष, अग्रज पत्रकार झलक गैरेका भाई, पत्रकार हिमाल गैरेका दाई ऋषि गैरेले लामो समय नेपालगञ्जमै रहेर पत्रकारिता गर्नुभएको थियो–बक्तव्यमा भनिएको छ–गैरेले बाँकेको पत्रकारिताको समग्र बिकासका लागि पुर्याउनु भएको योगदान अतुलनिय छ ।

अध्यक्ष नमस्कार शाहद्वारा जारी बक्तव्यको अन्तमा भनिएको छ – काठमाण्डौं निवासी दिवंगत गैरेको चिरशान्तीको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समबेदना प्रकट गर्दछौं ।

  • ४ मंसिर २०८०, सोमबार प्रकाशित

  • Nabintech