एबि प्याथोलोजिको उद्घाटन

असल शासन प्रतिनिधि

नेपालगन्ज/ नेपालगन्जको बास्कोटा मार्केटमा एबि प्याथोलोजी ल्याबको आज उद्घाटन भएको छ ।

“हामी तपाईँको स्वस्थ जीवनको ख्याल राख्छौं” भन्ने लक्ष्यका साथ डाक्टर शौरभ सिंह हमाल र माधब लोहतीको लगानीमा शुरु भएको उक्त प्याथोलोजीको आज उद्घाटन भएको हो ।

उक्त ल्यावले गुणस्तरीय सेवा प्रदान गर्ने अपेक्षा सहित आफ्नो सेवा शुरुवात गरेको र शुरुवातको मसिर महिना भरी चेकअप गराउन आउने बिरामीहरुलाई २५ प्रतिशत छुट दिइने संचालक माधव लोहतीले बताए ।

नेपालगन्ज वडा नम्बर १० मा रहेको उक्त प्याथोलोजिबाट मृगौलामा समस्या भई डाइलाइसिस गरिरहेका, ब्लड प्रेसर-सुगरका कारण मुगौलामा समस्या भएका, पटक पटक पिसाब समस्या आइरहने, बिरापत्थरी परी रहने, शरीर सुनिने-फुल्लिने समस्या भएका र ब्लड प्रेसर बढी हुने र औषधि खाँदा पनि प्रेसर नघट्‌ने समस्या भएका बिरामीहरुको लागि सेवा प्रदान गरिने लोहतीले जानकारी गराए ।

उक्त प्याथोलोजी विहान बिहान ७ बजे देखी बेलुका ८ बजे सम्म खुल्ला रहने र  डाक्टर विहान ८ बजे देखि १० बजे सम्म दिउसो ३ बजे देखि सांझ ६ बजे सम्म  रहने संचालक माधव लोहतीले जानकारी गराए ।

  • ४ मंसिर २०८०, सोमबार प्रकाशित

  • Nabintech