गेटको ताला फोरेर मोटरसाईकल चोरी

असल शासन प्रतिनिधि

गेटको ताला फोरेर मोटरसाईकल चोरी

नेपालगन्ज / नेपालगन्जको भृकुटी नगरबाट बाट बिहान करिव ५ बजेतीर घरमा  पार्किङ गरि राखेको मोटोरसाईकल चोरी भएको छ ।

भृकुटीनगरको एक घरमा पार्किङ गरेर राखेको लु १ ब २६३० नम्बर प्लेट को मोटोरसाईकल घरको पर्खाल बाट भित्र पसेर गेटको ताला फोरेर चोरी गरेको भेटिएको छ ।

गुल्मिको सत्यवती गाउपालिकाको सरकारी नम्बर प्लेट को मोटोरसाईकलका साथै सोही घरमा बस्ने बास नेपालका निर्देशक हेमराज भट्ट को हेल्मेट र बाहिर राखेको केही जोड जुत्ता पनि चोरी गरेको छ ।

चोरी भएको थाहा पाउने बित्तिकै सोही घरमा बस्ने बास नेपालका निर्देशक हेमराज भट्टले  जिल्ला प्रहरी कार्यलयलाई जानकारी गाराएपछी त्यस्को केही समयमै प्रहरी ले आदर्शनगर बाट मोटोरसाइकल भेटाइसकेको र  चोर फ्रहार रहेको जनाएको छ ।

  • ६ मंसिर २०८०, बुधबार प्रकाशित

  • Nabintech