नेपालगन्ज वाकाथनको तयारीलाई तिब्रता दिने निर्णय

असल शासन प्रतिनिधि

नेपालगन्ज/ भ्रष्टाचार बिरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा डिसेम्वर ९ (मंसिर २३ गते) नेपालगन्जमा हुन लागेको भ्रष्टाचार बिरुद्ध नेपालगन्ज वाकाथन (Nepalgunj Walkathon) को तयारी बैठक गरिएकोछ ।
भ्रष्टाचार बिरुद्धका लागि सँगै हिँडौं (lets walk together for Anti–corruption) भन्ने नाराका साथ आयोजना हुने नेपालगन्ज वाकाथन तयारी मुल समिति संयोजक रमेश सिटौलाको संयोजकत्वमा बैठक बसि विभिन्न निर्णयहरु गरेको हो । बैठकले कार्यक्रमको कार्यतालिका र विभिन्न उपसमिति गठन गरेको छ । बैठकले कार्यक्रमलाई ब्यवस्थित, मर्यादित र सबैको साझाँ कार्यक्रमको रुपमा स्थापित गर्न यस क्षेत्रका सबै बर्ग र क्षेत्रको सहभागिता हुने गरी तयारीलाई तिब्रता दिने निर्णय गरेको छ ।
कार्यक्रमको व्यवस्थापनका लागि बासका कार्यकारी निर्देशक नमस्कार शाहलाई कार्यक्रम ब्यवस्थापन उपसमिति संयोजकको जिम्मेवारी प्रदान गरिएको छ । यसैगरी आर्थिक उपसमिति संयोजकमा कल्पना अधिकारी, सुरक्षा,समन्वय तथा समारोह ब्यवस्थापन उपसमिति संयोजकमा अन्तरालका प्रमुख कार्यकारी जय नारायण शाह, सास्कृतीक उपसमिति संयोजकमा दिला शाहलाई जिम्मेवारी तोकिएको छ । कार्यक्रमको प्रचार प्रसार उपसमितिको जिम्मेवारी बासका निर्देशक हेमराज भट्टलाई प्रदान गरिएकोे छ भने स्वयम्सेवक परिचालन उपसमिति संयोजकमा तपेन्द्र बहादुर मलाती (अवशेष) र सचिवालय उपसमिति संयोजकको जिम्मेवारी सुमन धिमाललाई तोकिएको छ ।
यसैगरी बैठकले वाकाथनको रुट फाईनल गरेको छ । नेपालगन्जको गणेशमान चौकबाट शुरु भई बिपि चौक हुदै धम्बोझि चौकमा गएर समापन हुने कार्यतालिका रहेकोछ । वाकाथनमा साँस्कृतिक प्रस्तुती, झाँकी प्रहर्सन, पर्चा, पम्लपेट बितरण, लगायतका गतिविधिहरु हुने छन् । कार्यक्रममा जो कोही पनि स्वस्फूर्त रुपमा सहभागि भई भ्रष्टाचार बिरुद्धको अभियानमा समर्थन गर्न सरोकारवाला तथा आम नागरिकहरुमा अपिल गर्ने बैठकले निर्णय गरेकोछ तर कार्यक्रमलाई ब्यवस्थित बनाउन सहभागिताका लागि अग्रीम नाम बुकिंग गर्नुपर्ने व्यवस्था गरिएकोछ । तेस्रो पटक आयोजना गर्न लागिएको वाकाथनले विगतका बर्षहरु भन्दा बढी आम नागरिकहरुको सहभागिता रहदै नेपालगन्जको पहिचानलाई थप व्यापकता दिने अपेक्षा गरिएको छ । २००३ डिसेम्बर ९ मा संयुक्त राष्ट्रसँघिय महासभाबाट भ्रष्टाचार बिरुद्ध संयुक्त राष्ट्रसँघिय महासन्धि पारित भएको थियो ।

  • ६ मंसिर २०८०, बुधबार प्रकाशित

  • Nabintech