विद्यालयमा खोप बारे ज्ञान बाँडिदै

रबिन्द्र बोहरा

बास नेपालले खोप तथा जन्मदर्ताको महत्व बारे विद्यालयमा जानकारी गराउने अभियान तिब्ररुपमा अगाडी बढाएको छ । कर्णाली र सुदुर पश्चिम प्रदेशको १२ वटा पालिकालाई कार्यक्षेत्र बनाएर अभियान संचान गरिएको रहेको बास नेपालले हालै मात्र विरेन्द्रनगर नगरपालिकाका वडा नंं. ११ मा रहेको शिव मा.वि. मा कक्षा ११ र १२ का विद्यार्थीहरुलाई नियमित खोप र जन्मदर्ताको विषयमा जानकारी प्रदान गरिएको छ । युनिसेफ नेपालको सहयोगमा बास नेपालद्धारा संचालित सामुदायिक संलग्नता र मानव केन्द्रीत डिजाइन दृष्टिकोण मार्फत सामाजिक व्यवहार परिवर्तन परियोजना अन्तर्गत सो अभियान अगाडी बढाईको हो ।

शिव मा.वि. मा मंसिर ७ गते संचालन गरिएको अभिमुखिकरणमा विद्यार्थीहरुलाई नियमित खोपको बारेमा जानकारी, नियमित खोपको कुन कुन समय अवधिमा लगाउने, खोप कहाँ लगाउन सकिन्छ, कति ओटा खोप लगाउनु पर्छ, जन्मदर्ता किन गराउने कहाँ र कसरी गराउन सकिन्छ लगाएतका विषयमा जानकारी प्रदान गरिको छ । १०० जना विद्यार्थीहरुको सहभागिता रहेको अभिमुखिकरणमा खोपको शून्य मात्र र छुट मात्रालाई बढाउन जागरुक गरिएको छ ।
विद्यालयलका प्रद्यानाध्यापक पुर्ण प्रसाद पौडेले यस्ता खालका गतिविधिले विद्यार्थीलाई थप अतिरिक्त ज्ञान दिने र नौलोपन हुन भएकोले थप प्रभावकारी हुने बताए भने आगामी दिनमा समेत यस्ता खालका ज्ञानबर्दक विषय वस्तुहरु लिएर विद्यालयमा आउँदा आफुहरु सहकार्य गर्न तयार रहेको बताए ।

अभिमुखिकरणमा सहभागि विद्यार्थीहरुले आफुहरुले खोपको बारेमा जानकारी पाएको तर कहिले र कहाँ लागउन सकिन्छ भन्ने बारेमा पुर्ण जानकारी नभएको प्रतिक्रिया दिएका थिए । अभिमुखिकरणको सहजिकरण बासका सामाजिक परिचालक भगवती वि.सि. र सर्खुेत शाखाका सचीव सिर्जना शाहीले गरेका थिए ।

 

  • ८ मंसिर २०८०, शुक्रबार प्रकाशित

  • Nabintech