धम्बोझीमा दुर्घटना, किशोरी पाठकको निधन

असल शासन प्रतिनिधि

नेपालगन्ज/ नेपालगन्ज धम्बोजी नजिकै जेब्रा क्रसिङमा पेट्रोल बोक्ने ट्यान्करको ठक्करबाट नेपालगन्ज १७ बस्ने शालिनी पाठकको घटनास्थलमै मृत्यु भएको छ।

धम्बोझी चोकबाट सेतुबिक चोक जाने चोकको जेब्रा क्रसिङमा ट्याङ्करको ठक्करबाट १७ वर्षीया शालिनीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार ना ३ ख ८८५२ नम्बरको ट्याङ्करले भे ११ प ७६५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल लडेर पछाडी सवार शालिनीको ट्याङ्करमुनी किचिएर मृत्यु भएको हो ।

ठक्करबाट पाठकका बुवा दिलीपकुमार पाठक घाइते भएका छन ।
ट्याङ्कर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • १० मंसिर २०८०, आईतवार प्रकाशित

  • Nabintech