क्षतिपूर्ति माग गर्दै ट्यांकर चालक बिरुद्ध प्रर्दशन

असल शासन प्रतिनिधि

नेपालगन्ज/ ट्याँकर चालकलाई कारबाही र उचित क्षतिपूर्ति माग गर्दै नेपालगन्जको धम्बोझी चोकमा मृतकका परिवारले सडक अवरुद्ध गरेका छन् ।

ट्यांकरले ठक्कर दिँदा आइतबार बेलुकी १७ वर्षीया बालिका सालिनी पाठकको घटनास्थलमै मृत्यु भएको थियो ।

धम्बोझी चोकमा बेलुकी ६ बजेतिर नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १७ का दिलिपकुमार पाठकले चलाएको भे ११ प ७६५७ नम्बरको मोटरसाइकललाई ना ३ ख ८८५२ नम्बरको ट्यांकरले ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकलमा सवार बालिकाको घटनास्थलमै मृत्यु भएको थियो भने ठक्करबाट बालिकाका बुवा पाठक घाइते भएका थियो । उनको अहिले उपचार भइरहेको छ ।

चालकलाई कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्ति माग गर्दै उनीहरुले स्थानीय धम्बोझी चोकमा टायर बालेर सडक अवरुद्ध गरेको र प्रहरीले सडक खुलाएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता (डिएसपी) नारायण डाँगीले जानकारी दिए । ट्यांकर चालक, सहचालक र ट्यांकर प्रहरी नियन्त्रणमा छन् ।

  • ११ मंसिर २०८०, सोमबार प्रकाशित

  • Nabintech