बिजया मा.वि. दुल्लुमा खोपबारे अनुशिक्षण

असल शासन प्रतिनिधि

दैलेख/दुल्लु नगरपालिका वडा नं. ७ को विजया माध्यामिक विद्यालयमा अध्ययनरत कक्षा ९, १०, ११ र १२ का विद्यार्थीहरुलाई खोपको बारेमा सचेतना तथा अनुशिक्षण गराउने कार्य भएको छ । बास नेपालद्धारा युनिसेफको सहयोगमा संचालित सामुदायिक संलग्नता र मानव केन्द्रीत डिजाइन मार्फत सामाजिक व्यवहार परिवर्तन परियोजना अन्तर्गत उक्त सचेतनामूलक अभिमुखिकरण प्रदान गरिएको हो । बास नेपालका सामाजिक परिचालक संगिता शाहीले उक्त अभिमुखिकरणको सहजिकरण गरेका थिए । १३० जना विद्यार्थीको सहभागिता रहेको अभिमुखिकरणमा खोप किन लगाउने, कुन कुन खोप कुन समयावधिमा लगाउने, जन्मदर्ताको महत्व, जन्मदर्ता कहाँ कसरी गराउने लगाएतका विषयमा अनुशिक्षण प्रदान गरिएको छ ।

मंसिर ११ गते सम्पन्न अनुशिक्षण्मा सहभागी विद्यार्थीहरुले आफुहरुलाई खोपको बारेमा सामान्य जानकारी त रहेको तर कहिले कहिले लगाउन भन्ने बारे प्रष्ट हुने अवसर प्राप्त गरेको बताएका छन् । विद्यालयका प्रद्यानाध्यापक केशव भण्डारीले विद्यार्थी भाइबहिनीहरु खोपको बारेमा प्रष्ट हुने अवसर प्राप्त गरेकोमा खुसि व्यक्त गर्दै यसले पठनपाठनमा थप उर्जा र ज्ञान दिएको बताए ।

  • १२ मंसिर २०८०, मंगलवार प्रकाशित

  • Nabintech