हिंसा न्युनीकरणका लागि सबै एकजुट हुनुपर्ने

असल शासन प्रतिनिधि

नेपालगञ्ज/ दिनहुँ बढ्दै गईरहेको लैगिंक हिंसाका घटना न्युनीकरणका लागि एकजुट भएर लाग्नुपर्ने मंगलवार नेपालगञ्जमा सम्पन्न एक कार्यक्रममा बताईएको छ ।

बास नेपालको आयोजनामा सन्चालित लैंगिक हिँसा न्यूनीकरण तथा ब्यवस्थापन बिषयक तालिमको समापन कार्यक्रमका बक्ताहरुले सो कुरा बताएका हुन् ।

कार्यक्रमकी प्रमुख अतिथि खजुरा गाउँपालिकाकी निबर्तमान उपाध्यक्ष एकमाया बिश्वकर्माले लैंगिक हिंसा बिरुद्ध सबैको भुमिका अपरिहार्य भएको बताईन् ।

बास नेपालले लैगिंक हिंसा बिरुद्धको सोह्र दिने अभियानको अवसर पारेर मंसिर १० देखी १२ गते सम्म संचालन गरेको तीन दिने तालिमको समापन कार्यक्रममा प्रमुख अतिथी बिश्कर्माले आफ्ना भनाई राख्दै बिश्वप्यापी रुपमा हिंसाका घटनाहरु बढिरहेको अवस्थामा नेपालमा पनि दिनहुँ हिंसाका बढ्दो क्रममा रहेको बताईन् ।

प्रमुख अतिथि बिश्वकर्माले भनिन्– हिंसाका घटना न्युनिकरणका लागि सरकार गम्भिर बन्न जरुरी छ । २१ जना सहभानी रहेको तालिममा मनोबिमर्शकर्ता तालिमका प्रशिक्षक सुमन धिमाल र गणेश पौडेलले प्रशिक्षण दिएका थिए भने समापन कार्यक्रममा प्रमुख अतिथी र अतिथीहरुले तालिमका सहभागहिरुलाई प्रमाणपत्र बितरण गरिएको थियो ।

बास नेपालका केन्द्रीय अध्यक्ष लुना बुढाथोकीको अध्यक्षतामा सम्पन्न तालिममा बास नेपालका केन्द्रीय उपाध्यक्ष शिव कुमार बर्माले स्वागत मन्तब्य राखेका थिए भने बास नेपालका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले कार्यक्रम सञ्चालन गरेका थिए ।

कार्यक्रममा बास नेपालका निबर्तमान अध्यक्ष तथा तालिम बिभाग प्रमुख रमेश सिटौलाले मन्तव्य व्यक्त गरेका थिए । तालिमको समापन समारोहमा सहभागिहरुको तर्फबाट पवनराज उपाध्याय र अम्विका आचार्यले प्रतिकृया मन्तव्य दिएका थिए ।

  • १२ मंसिर २०८०, मंगलवार प्रकाशित

  • Nabintech