सामाजिक ब्यवहार परिवर्तनकालागि स्वयम् सेवक परिचालन गरिदै

असल शासन प्रतिनिधि

नेपालगञ्ज / भुकम्प प्रभावित समुदायका युवा स्वयं सेवकहरूका लागि सामाजिक संलग्नता द्वारा जोखिम पुर्ण सञ्चार तथा सामाजिक व्यवहार परिवर्तन सम्बन्धि अभिमुखीकरण सञ्चालन गरिएको छ । युनिसेफ नेपालको सहयोगमा बास नेपालद्धारा सञ्चालित सामाजिक ब्यवहार परिवर्तन कार्यक्रम अन्तर्गत उक्त अभिमुखिकरण गरिएको हो ।

मंसिर १४ गते जाजरकोट जिल्लाका भुकम्प प्रभावित स्थानीय तह, भेरी नगरपालिका, बारेकोट गाउँपालिका र कुशे गाँउपालिकाका युवा स्वयम् सेवकहरुको सहभागिता रहेको थियो । अभिमुखिकरणको उद्घाटनमा बोल्दै जाजरकोट अस्पतालका अध्यक्ष डम्बर सिंह ठकुरीले भुकम्प प्रभावित क्षेत्रमा मनोसामाजिक त्रास रहेकाले उनीहरुलाई सान्त्वना आवश्यक रहेको बताए । उनले पछिल्लो समयमा नियमित खोप लगायत स्वास्थ्य सेवा समेत अनियमित भएकाले स्वास्थ्य सेवा नियमित गर्न र सही सूचना प्रवाह गर्न स्वयं सेवकको भूमिका महत्वपूर्ण हुने विचार ब्यक्त गरे । उनले सबै स्वयम् सेवकहरुलाई अभिमुखिकरणबाट सिकेको कुरालाई समुदायमा गएर प्रभावित ब्यक्तिहरु सम्म पुर्याउन अनुरोध गरे । उनले स्वास्थ्यका बिषयमा कुने पनि समस्या भएमा समन्वय गर्न समेत अनुरोध गरे । अभिमुखिकरणमा सामाजिक संलग्नता द्वारा जोखिम पुर्ण सञ्चार तथा सामाजिक व्यवहार परिवर्तन सम्बन्धि विभिन्न बिषयमा युनिसेफ नेपालका प्रकाश आचार्य र अशोक जोशीले सहजिकरण गरेका थिए । बासका कार्यक्रम बासका प्रबन्धक हेमराज भट्टले अभिमुखिकरणको उद्धेश्यमाथि प्रकाश पारेको कार्यक्रममा ३ ओटा पालिकामा २५ जना स्वयम् सेवकहरुको सहभागिता रहेको छ ।

 

यसैगरी कार्यक्रम अन्तर्गत मंसिर १३ गते रुकुम पश्चिमको आठबिसकोट नगरपालिका र सानीभेरी गाँउपालिका र जाजरकोट जिल्लाको नलगाड नगरपालिकाका ३० जना युवाहरुलाई अभिमुखिकरण गरिएको छ । सानीभेरी गाँउपालिका वडा नम्बर १ को सभाहलमा भएको अभिमुखिकरणको उद्घाटनमा बोल्दै वडा नम्बर १ का अध्यक्ष टेक बहादुर पुनले विपतको समयमा गैर सरकारी संस्थाहरुको भूमिका निकै महतवपूर्ण रहेको बताए । भुकम्पले तहस नहस भएको अवस्थामा समुदायका ब्यक्तिहरुलाई सहानुभुती दिने, तत्काल समुदायमा स्वयम् सेवक परिचालन गर्ने, राहत वितरण गर्ने, तथ्यांक संकलन गर्ने लगायतमा गैरसरकारी संस्थाहरुको सहयोगले स्थानीय तहहरुमा ठुलो सहयोग पुगेको बताए । उनले मानवीय कार्यमा निश्वार्थ भावनाले सहयोग गर्ने उद्धेश्यले गरिने स्वयम् सेवक परिचालनमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता गरे । उनले सबै स्वयम् सेवकहरुलाई जन सेवाको भावनामा काम गर्न अनुरोध गरेका थिए ।

 

 

बास नेपाल रुकुम पश्चिम शाखा अध्यक्ष करन बिकले सञ्चालन गरेको उद्घाटनमा अभिमुखिकरणको उद्धेश्य माथि प्रकाश युनिसेफ नेपालका प्रकाश आचार्यले गरेका थिए । अभिमुखिकरणमा स्वयं सेवक परिचालनका बिषयमा युनिसेफ नेपालका प्रकाश आचार्य र अशोक जोशीले सहजिकरण गरेका थिए । अभिमुखिकरण पश्चात विपतको समयमा स्वयम सेवकको रुपमा कार्य गर्ने अवसर पाएकोमा स्वयम् सेवकहरुले खुसी ब्यक्त गरेका थिए । उनीहरुले समुदायमा गएर अभिमुखिकरणबाट प्राप्त सन्देश प्रवाह गर्ने प्रतिबद्धता गरेका थिए । अभिमुखिरकणमा ३० जना स्थानीय युवाहरुको सहभागिता रहेको थियो ।

अभिमुखिकरण पछि स्वयम् सेवकहरुले प्रभावित समुदायमा प्रत्यक्ष भेटघाट र घरदैलो मार्फत् सामाजिक संलग्नता द्वारा अन्तर वैयक्तिक सञ्चार मार्फत् सामाजिक व्यवहार परिवर्तन तथा स्वास्थ्य सम्बन्धि जोखिम र अन्य जोखिम कम उद्देश्यले खानेपानी, सरसफाइ र स्वच्छता, स्वास्थ्य तथा पोषण, शिक्षा, र संरक्षण सम्बन्धि ब्यवहारिक ज्ञान, सिप प्रदान गर्नुका साथै आवश्यक सहयोग गर्नेछन् ।

  • १४ मंसिर २०८०, बिहीबार प्रकाशित

  • Nabintech