पशुपतीमा डेउडा

पवनराज उपाध्याय

नेपालगन्जको राझा एयर्पोर्टको पशुपती मन्दिरको प्राङ्गणमा सदा झै मंसिरको १५ गते डेउडा कार्यक्रमको आयोजना गरिएको छ। डेउडा कला सस्कृतिलाइ जगेर्ना गर्ने उद्देश्यले आयोजना गरिएको उक्त डेउडा सास्कृतिक कार्यक्रम धुमधाम सङग सम्पन्न भएकोछ।

कार्यक्रममा हुड्कौली नृत्य ,देउडा ब्याटल देउडा खेल प्रस्तुत गरिएको थियो। साथै नेपाल देउडा सस्कृती सामाजले देउसी भैलो खेलेको केही रकम मध्य रु ५१०० पाच हजार एकसय रुपिया नेपालगन्ज एयर्पोर्टको राझामा रहेको पशुपति मन्दिरको निर्माणको लागि सहयोग गरेको छ । पशुपति मन्दिर बिकास समितिका अध्यक्ष श्री नबराज भण्डारी ज्युलाइ हस्तान्तरण गरिएकोछ। हामी सामाजिक प्राणी हौ ।


हाम्रो समाजको सस्कृतिको सरक्षण गर्नु हाम्रो दायित्व हुने भएकाले समाजमा सहिष्णुता प्रदान गरियोस भन्ने उद्देशले हामिले सधै देउडा कार्यक्रमको आयोजना गर्ने गर्दछौ। पुरुष खेलाडीमा बाजुरा जिल्लाका चर्चित डेउडा खेलाडी दिपचन्द्र उपाध्याय ,गम्ब बहादुर महतारा, ,अछाम जिल्लाका रतन बुढा ,कालिकोट जिल्लाका टक्क बम , हरि बम,अछामका प्रकाश शाह, त्यसै गरि महिला खेलाडिमा बाजुरा जिल्लाकी चर्चित डेउडा खेलाडी तिर्था खर्त्री ,दैलेखकि गगनेश्वरी थापा, मुगु कि सरिता जैसी , लागायत दर्जनौ कलाकारहरुको सहभागीता रहेको थियो ।

उक्त कार्यक्रममा आयोजकको तर्फबाट बाजुरा जिल्ला जन्मथलो भइ कर्मथलो नेपालगन्ज बनाउनु भएका श्री पवनराज उपाध्याय र नेपालगन्जका खगेन्द्र न्यौपाने ज्युले कार्यक्रम संचालन गरेका थिए।

  • १६ मंसिर २०८०, शनिबार प्रकाशित

  • Nabintech