सिराहा शाखाद्वारा धार्मिक अगुवाहरुसङ्ग अन्तरक्रिया

असल शासन प्रतिनिधि

नेपालगन्ज / बास नेपाल सिराहा शाखाले शुक्रवार धार्मिक अगुवाहरुसङ्ग अन्तरक्रिया कार्यक्रम गरेको छ ।

बास नेपालको २३ औं बार्षिकोत्सवको अवसरमा सिराहा शाखाले धार्मिक अगुवाहरुसङ्ग भ्रष्टाचार विरुद्ध अन्तरक्रिया कार्यक्रम गरेको हो ।

बास सिराहा शाखाका सल्लाहकार तथा सुचनाका अभियान्ता पर्शुराम साहले सुशासन, सूचनाको हक बारे सहजिकरण गरेका थिए ।

सिराहा शाखा र बासका विभिन्न उपशाखाका पदाधिकारी, धार्मिक अगुवाहरु र नागरिक समाजका प्रतिनिधि गरि ४० जनाको सहभागिता रहेको कार्यक्रम सिराहाको गोलबजारमा सम्पन्न भएको हो ।

कार्यक्रममा सहभागी धार्मिक अगुवाहरुले भ्रष्टाचार विरुद्ध प्रतिबद्धताका साथ अघि बढ्ने बताए ।

गोलबजार उपशाखाका अध्यक्ष रामचन्द्र साहको अध्यक्षतामा सप्पन्न उक्त अन्तरक्रीया कार्यक्रममा जिल्ला निर्वाचन कार्यलयका प्रतिनिधि  गणपैत यादवले बास नेपालको गतिविधिका कारण भ्रष्टाचारजन्य क्रियाकलापमा कमी आएको धारणा राखेका थिए ।

  • १६ मंसिर २०८०, शनिबार प्रकाशित

  • Nabintech