तेस्रो नेपालगञ्ज वाकाथनलाई भव्य बनाउने प्रतिबद्धता

माधव कार्की

नेपालगञ्ज/ बास नेपालको आयोजना र अन्तरालको व्यवस्थापनमा गर्न लागिएको नेपागन्ज वाकाथानलाई भव्यताका साथ सफल पार्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

भ्रष्टाचार बिरुदको अन्तरष्ट्रिय दिवस डिसेम्बर ९ अर्थात मसिर २३ गते आयोजना गर्न लागिएको नेपालगन्ज वाकाथनको समन्वय बैठकमा उपस्थित सरोकारवालाहरुले सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

बाँके जिल्लामा क्रियाशिल एक दर्जन बढि गैससका प्रमुख, प्रतिनिधिहरुले कार्यक्रम सफल पार्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा बोल्दै गैर सरकारी संस्था महासंघ नेपाल बाँकेका अध्यक्ष चन्द्र प्रसाद तिमिल्सिनाले भ्रष्टाचार बिरुद्धको नेपालगञ्ज वाकाथनलाई भव्यताका साथ सफल पार्न बाँकेका सबै गैससहरु तयार रहेको बताए ।

कार्यक्रमको उद्धेश्य माथि बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले भ्रष्टाचार बिरुद्ध नेपालगञ्ज वाकाथनलाई भव्यताका साथ सफल पार्न आह्वान गरेका थिए ।

कार्यक्रममा फियान नेपालका बाँके संयोजक सुरेश गौतम, महिला जागृति शेलकी अध्यक्ष लक्ष्मी श्रेष्ठ, दलित महिला संघ बाँकेकी टिका बि.क., बरिष्ठ कलाकार सुन्दर गुरुंग, गैसस महासंघ नेपाल लुम्विनी प्रदेशका सदस्य शंकर न्यौपाने, दिदी बहिनी समाज बाँकेकी अध्यक्ष रमादेबि शाह, आफन्त नेपालकी सुनिता सारु, नेपालगञ्ज साईकिलिंग क्लबका बरिष्ठ उपाध्यक्ष सुरेन्द्र दिप कार्की, थ्रि एज्लस नेपालकी महेश्वरी परियार, आशिष सामाजिक सेवा नेपालकी आशा खड्का लगायतले कार्यक्रम सफल पार्न सहकार्य गर्ने बताए ।

यसैगरी प्रतिबद्धता जनाउनेहरुमा सभ्य समाज नेपाल बाँकेका अध्यक्ष सुर्यलाल यादव, एडेनविनकी निर्मला बि.एम., नेपाल हेल्पलाईन फाउण्डेसनका मुस्लिम खाँ, मानवता नेपालका केपी घिमिरे, होलेस्टिक होम केयरकी सुमन गिरी श्रेष्ठ, अपाँग नवजीवन केन्द्र बाँकेका अध्यक्ष जंग बहादुर डाँगी, सामुदायिक सेवा केन्द्रका अध्यक्ष दिपेन्द्र जोशी रहेका छन् । बास नेपालका कार्यक्रम प्रबन्धक मन भण्डारीले सञ्चालन गरेको समन्वय बैठकमा ३० बढिको सहभागिता रहेको थियो ।

टिसर्ट सार्वजनिक :

सोही बैठकमा यहि मंसिर २३ गते हुने नेपालगन्ज वाकाथनको टिसर्ट सार्वजनिक गरिएको छ । भ्रष्टाचार विरुद्ध सङ्ग–सङ्गै हिंडौं भन्ने सन्देश सहित नेपालगन्ज वाकाथनको लोगो अङ्कित टिसर्ट  सार्वजनिक गरिएको हो । समन्वय बैठकमा उपस्थित सरोकारवालाहरुले टिसर्ट सार्वजनिक गरेका हुन् ।

भ्रष्टाचार बिरुद्ध नेपालगञ्ज वाकाथन नेपालगन्जको गणेशमान चौकबाट शुरु भई बिपि चौक हुदै धम्बोझि चौकमा गएर समापन हुनेछ । वाकाथनमा साँस्कृतिक प्रस्तुती, झाँकी प्रहर्सन, पर्चा, पम्लपेट बितरण लगायतका गतिविधिहरु हुने छन् ।

कार्यक्रममा जो कोही पनि स्वस्फूर्त रुपमा सहभागि भई भ्रष्टाचार बिरुद्धको अभियानमा समर्थन गर्न सरोकारवाला तथा आम नागरिकहरुमा अपिल गरिएको छ ।

तेस्रो पटक आयोजना गर्न लागिएको वाकाथनले विगतका बर्षहरु भन्दा बढी आम नागरिकहरुको सहभागिता रहँदै नेपालगन्जको पहिचानलाई थप व्यापकता दिने अपेक्षा गरिएको छ ।

२००३ डिसेम्बर ९ मा संयुक्त राष्ट्रसँघिय महासभाबाट भ्रष्टाचार बिरुद्ध संयुक्त राष्ट्रसँघिय महासन्धि पारित भएको थियो । उक्त दिनलाई बिश्वभर भ्रष्टाचार बिरुद्धको दिवसको रुपमा मनाईन्छ ।

 

  • १८ मंसिर २०८०, सोमबार प्रकाशित

  • Nabintech