दिपशिखालाई सम्मान

भण्डारीलाई पचास हजार पुरस्कार

रमिता शाह

नेपालगञ्ज/सेन्टथोमस स्कुलमा अध्ययनरत बिद्यार्थी दिपशिखा भण्डारीलाई बिद्यालयले सम्मान गरेको छ ।

बिज्ञान बिषयमा बाँके टपर हुन सफल भण्डारीलाई बिद्यालयले ५० हजार नगद सहित सम्मान गरेको हो । बिद्यालयद्वारा आयोजित स्वागत कार्यक्रममा नगद सहित खादा, फुलमालाले स्वागत गरिएको थियो ।

भण्डारीले एमबिबिएस स्कुलरसिप आईओएममा नाम प्रकाशन गर्न सफल भएकि छिन् ।

बिद्यालयको गुणस्तरिय शिक्षा, पारिवारिक बाताबरण र उत्प्रेरणाका कारण आफु पढाईमा सफल भएको भण्डारीले बताईन् । उनले आफु पढाईमा सफल हुनका लागि दैनिक पाँच घण्टा अध्ययन गरेको अनुभव सुनाईन् ।

बिद्यालयका संस्थापक, प्रिन्सिपल, संयोजक लगायत कार्यक्रममा उपस्थित अतिथीहरुले बिद्यार्थी भण्डारीलाई सम्मान गरेको बिद्यालयकी संयोजक दुर्गा शाहीले बताईन् ।

  • १८ मंसिर २०८०, सोमबार प्रकाशित

  • Nabintech