मुगुमा खोपबारे अभिमुखिकरण

रबिन्द्र बोहरा - अभिलेखिकरण अधिकृत, बास नेपाल

मुगु खोपबारे ज्ञान वृद्धि गर्ने तथा खोपको सुनिस्चितता मार्फत बाल संरक्षण गर्ने उदेश्यका साथा मुगुको छायाँनाथ रारा नगरपालिकामो एक दिने खोप तथा बाल विवाह सम्बन्धि अभिमुखिकरण सम्पन्न भएको छ । बालक्लवका पदाधिकारीहरु तथा किशोरीहरु सहित २६ जनाको सहभागिता रहेको एकदिने अनुसिक्षणात्मक अभिमुखिकरण यनिसेफ नेपालको सहयोगमा बास नेपालले आयोजना गरेको थियो । अभिमुखिकरणको उद्घाटन सत्रमा बोल्दै छायाँनाथ रारा नगरपालिकाका उपप्रमुख ऐश्वर्य मल्लले बालबालिकाको अधिकार सुनिस्चित गर्न तथा खोपलाई सत प्रतिशत पुर्‍य ाउन एकदिने अभिमुखिकरण प्रभावकारी हुने बताइन् । उनले कार्यक्रममा बोल्दै भनिन् “नेपाल सरकारले लिएको राष्ट्रिय खोपको लक्ष्य पूरा गर्ने तथा पालिका भित्र रहेका सबै बालबालिकालाई निधार्रित समयमा खोप लगाई निरोगी र स्वस्थ बनाउन अभिमुखिकरणले टेवा दिने छ ।”

खोपको परिचय, महत्व, खोप तालिका, खोपका फाइदाहरु, बाल विवाह, बाल विवाहका कारण, असर र रोकथामका उपायहरु लगाएको विषयहरु समेटेर प्रदान गरिएको अभिमुखिकरणको सहजिकरण मुगु अस्पतालका चिकित्सक कमल डुंगानाले गरेका थिए ।
बासका पूर्व कार्यक्रम अधिकृत धिरेन्द्र भामले सहजिकरण गरेको अभिमुखिकरणमा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख, पालिका भित्र गठन गरेका बाल क्लवका पदाधिकारीहरु, किशोरी संजाल तथा विद्यालयमा अध्ययनरत किशोरीहरुको सहभागिता रहेको थियो ।

  • १८ मंसिर २०८०, सोमबार प्रकाशित

  • Nabintech