फोहोरमैला ब्यवस्थापनमा सबै जुटौं

असल शासन प्रतिनिधि

नेपालगञ्ज/ बास नेपाल र एकाउन्टविलिटी ल्यावको सयुक्त आयोजनामा फोहोर मैला ब्यवस्थापनमा सरोकारवाला निकायहरुको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

सोमबार नेपालगञ्जमा सम्पन्न कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका भित्र सरसफाई र हरियाली प्रबद्र्धनमा सरोकारवाला निकायले आआफ्नो तर्फबाट भुमिका निर्बाह गर्न जरुरी रहेको बताइएको छ ।

अन्तरक्रिया कार्यक्रममा उपस्थित लुम्बिनी प्रदेश खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख तिलक न्यौपाने, नेपालगञ्ज

उपमहानगरपालिका वातावरण तथा सरसफाई शाखाका प्रतिनिधि दिपेश श्रेष्ठ, नेपालगञ्ज उद्योग बाणिज्य संघका टंकमणी उपाध्याय र ईस्लाम धर्म गुरु मौलाना जब्बार लगायतका सरोकारवालाहरुले सरसफाईका लागि सबै सचेत हुनु पर्ने बताए ।

कार्यक्रमका सहभागीहरुले नेपालगञ्ज उपमहानगरभित्र फोहोरमैला यत्रतत्र सर्बत्र भएकोले उपमहानगर सफाई अभियान सञ्चालन गर्न सुझाव दिए ।

फोहरमैला ब्यवस्थापनका लागि फुटपाग ब्यवस्थापन, फोहोर उठाउने गाडीको सुनिश्चितता, फोहोर मैला गर्नेलाई जरीवाना, डम्पिङ साईडको उचित ब्यवस्थापनका साथै व्यापक जनचेतनाका कामहरु गर्नुपर्ने सहभागिहरुले बताए ।

कार्यक्रमको अन्तमा सहरलाई सबै मिलेर सफा सहर बनाउने, दण्ड जरिवानाको व्यवस्था गर्ने लगायतको प्रतिबद्धता ब्यक्त गरिएको छ ।
४३ जना सहभागी रहेका उक्त अन्तरक्रिया कार्यक्रम एकाउन्टबिलिटी ल्यावका तपेन्द्र मलातीले सहजीकरण गरेका थिए ।

  • १८ मंसिर २०८०, सोमबार प्रकाशित

  • Nabintech