धार्मिक अगुवाहरुलाई अभिमुखीकरण

असल शासन प्रतिनिधि

नेपालगन्ज / बास नेपालको २३ औं बार्शिकोत्सवको अवसरमा आयोजना गरिएको साताब्यापी साझा कार्यक्रम अन्तरगत मंगलवार डोटि शाखाले धार्मिक अगुवाहरु बिच एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

डोटिको शिखर नगरपालिकाको समन्वय र युनिसेफको सहयोगमा शिखर नगरपालिकाको हलमा धर्म गुरु तथा धार्मिक अगुवाहरुको क्षमता अभिबृदी लागि खोप र बालबिवाह सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा शिखर नगरपालिका स्वास्थ्य शाखा प्रमुख हरिष चन्द शाहले खोपको बारेमा सहभागी धार्मिक अगुवाहरु बिच सहजिकरण गरेका थिए । बास डोटि शाखाका पदाधिकारीहरु धार्मिक अगुवाहरु र पालिका कर्मचारीहरु गरेर उनन्तीस जना सहभागीहरु उपस्थित रहेको कार्यक्रममा बीस जना धामीझाँक्री र पुजारीहरुको सहभागिता रहेको छ ।

  • १९ मंसिर २०८०, मंगलवार प्रकाशित

  • Nabintech