सिराहाको बिष्णुपुरमा बासको साझा कार्यक्रम

असल शासन प्रतिनिधि

नेपालगन्ज / बास नेपालको २३ औं बार्शिकोत्सवक अवसरमा आयोजना गरिएको साताब्यापी कार्यक्रम अन्तर्गत सिराहाको नरहा उपशाखाले भ्रस्टाचार विरुद्ध कबिता बाचन प्रतियोगिता सम्पन्न  गरेको छ ।

बिष्णुपुर स्थित प्रिन्स इग्लिस बोर्डिङ स्कूल सिरहाको समन्वय र बास नेपाल नरहा उपशाखाको आयोजनामा बिष्णुपुर स्थित बिधालयमै आयोजित प्रतियोगितामा शिक्षक,बिद्यार्थी, अबिभावकहरु,बास शाखा उपशाखाका पदाधिकारीहरु समेत गरि एक सय पचास बढीको उपस्थिती रहेको थियो ।

१२ जना बिद्यार्थिहरु प्रतिशपर्धी रहेको भ्रस्टाचार विरुद्ध कबिता बाचन प्रतियोगिता मा प्रथम द्दितिय, तृतिय र चौथो क्रमश कक्षा ७ कि  अम्बिका शर्मा,कक्षा ८ कि निशा यादव,कक्षा ७ कि लक्ष्मी यादव, कक्षा ८ का अरविन्द यादवले स्थान प्राप्त गरेका थिए ।

प्रतिष्पर्धिहरु प्रथम,दोस्रो ,तेस्रो र चौथो हुनेलाई पुरस्कार सहित प्रमाणपत्र बितरण गरिएको थियो भने प्रतियोगिता पस्चात अन्य बिद्यार्थीहरुले भ्रस्टाचार विरुद्धका गित मा नृत्य गरेका थिए भने  सडक नाटक पनि प्रस्तुत गरिएको थियो ।

नरहा उपशाखा अध्यक्ष राम ईश्वर यादवको अध्यक्षतामा समपन्न प्रतियोगितामा प्रमुख अतिथी बास नेपाल सिराहा शाखाका सल्लाहकार पर्शुराम साह र अतिथिमा शाखा अध्यक्ष गोभिन्द राज बिष्टको रहेका थिए।

  • २० मंसिर २०८०, बुधबार प्रकाशित

  • Nabintech