किशोरीका कुरा

भुबी बिष्ट

छाउपडी अछुत मान्ने बिभेद कस्ता कस्ता ।
जीवनको शुनौलो चरण किशोरा अवस्था ।।

प्रकृतिको नियम हो रजस्वला हुने ।
सडेको सिनो त हैन किन हो ? नछुने ॥

ज्ञान थिएन त्यतिबेला तब दुख भोग्ने ।
प्याड बनाई लगाउछन् अचेल फोहरलाई रोक्ने ॥

यौन शिक्षा जिवनकोलागी उपयोगी अति ।
गाउँघरमा चेतना जगाउँ थाहा पाए जति ॥

मोवाईलको दुरुपयोग भयो पैसा गए खेर |
बुझ्नेलाई ज्ञानको सागर हो मोवाईल हेर ॥

केटीमात्रै दोषी हैन छुच्चा केटा पनि ।
पहिले डिग्री उमेर पुगि बिहे गरौं अनि ॥

ठाउँ ठाउँमा सूचनाकेन्द्र पुस्तक थरीथरी ।
पढेर ज्ञान लिन सके फाईदा जीवन भरी ॥

ज्ञानको भण्डार त्याहाँ पढे ध्यान दिएले ।
सूचना केन्द्र बनाई दियो UNFPA ले

(- बिष्ट सामुदायिक मनोसामाजिक कार्यकर्ता हुन् ।)

  • २० मंसिर २०८०, बुधबार प्रकाशित

  • Nabintech