बाँकेमा भ्रष्टाचार बिरुद्ध हस्ताक्षर

असल शासन प्रतिनिधि

 नेपालगञ्ज / बास नेपालले बुधवार नेपालगञ्जमा भ्रष्टाचार बिरुद्ध हस्ताक्षर संकलन गरेको छ ।
बासको २३ औं बार्षिकोत्सव तथा भ्रष्टाचार बिरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा संचालित साताब्यापी कार्यक्रमको तेस्रोे दिन नेपालगञ्जको बिपि चौकमा हस्ताक्षर संकलन गरिएको हो ।
सम्माननिय प्रधानमन्त्री पुष्प कमल दाहाललाई सम्बोधन गर्दै मुलुकमा ब्याप्त भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलता कायम गरी भ्रष्टाचार मुक्त राष्ट्र निर्माण गर्न बाँके बासीको तर्फबाट जोडदार माग गर्दै हस्ताक्षर संकलन गरिएको उक्त हस्ताक्षर संकलन कार्यक्रमकी संयोजक शोभा थापा मगरले बताईन् ।
नेपालगञ्जको अति ब्यस्त चौक बिपि चौकमा आयोजना गरिएको कार्यक्रममा नागरिक समाज, बिभिन्न बिद्यालयका बिद्यार्थीहरु लगायत अन्य सर्बसाधारणहरु समेत गरी पाँच सय बढी हस्ताक्षर गरेका छन् । हस्ताक्षर व्यानर बाँकेका प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पठाईनेछ ।

  • २० मंसिर २०८०, बुधबार प्रकाशित

  • Nabintech