भ्रष्टाचार बिरुद्ध अन्तराष्ट्रिय दिवसको अवसरमा नेपालगन्ज वाकाथन हुँदै

तयारी तिब्र

असल शासन प्रतिनिधि

नेपालगन्ज/ भ्रष्टाचार बिरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा भ्रष्टाचार बिरुद्ध नेपालगन्ज वाकाथन हुने भएको छ ।

डिसेम्वर ९ (मंसिर २३ गते) नेपालगन्जमा नेपालगञ्ज वाकाथन हुने भएको हो ।

बिगत तीन बर्ष देखि भईरहेको वाकाथन भ्रष्टाचार बिरुद्ध क्रियाशिल संस्था बास नेपालको आयोजना र अन्तरालको व्यवस्थापनमा हुनेछ ।
भ्रष्टाचार बिरुद्धका लागि सँगै हिँडौं भन्ने नाराका साथ आयोजना हुने नेपालगन्ज वाकाथनको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।

गत बर्षको फाईल तस्वीर ।

वाकाथन नेपालगन्जको गणेशमान चौकबाट शुरु भई बिपि चौक हुदै धम्बोझि चौकमा गएर समापन हुनेछ । वाकाथनमा साँस्कृतिक प्रस्तुती, झाँकी प्रहर्सन, पर्चा, पम्लपेट बितरण लगायतका गतिविधिहरु हुने छन् ।

कार्यक्रमलाई ब्यवस्थित, मर्यादित र सबैको साझा कार्यक्रमको रुपमा सफल पार्न आयोजकले सबैलाई आग्रह गरेकोे छ ।
कार्यक्रमको भव्यताका लागि बिभिन्न समितिहरु गठन गरिएको छ, समितिहरुले तयारीका सम्पूर्ण कार्यहरु पुरा गरेको आयोजक संस्था बास नेपालले जनाएको छ ।

कार्यक्रममा जो कोही पनि स्वस्फूर्त रुपमा सहभागि भई भ्रष्टाचार बिरुद्धको अभियानमा समर्थन गर्न सरोकारवाला तथा आम नागरिकहरुमा आयोजकले अपिल गरेको छ ।

तेस्रो पटक आयोजना गर्न लागिएको वाकाथनले विगतका बर्षहरु भन्दा बढी आम नागरिकहरुको सहभागिता रहँदै नेपालगन्जको पहिचानलाई थप व्यापकता दिने अपेक्षा गरिएको छ ।

पश्चिम नेपालमा हुने एक मात्र वाकाथनको मूख्य उद्धेश्य भ्रष्टाचार बिरुद्ध सचेतना जगाउने हो । वाकाथनको अर्थ पैदल यात्रा हुन्छ । कुनै निश्चित उद्धेश्य लिएर ठूलो जनसमुदायको सहभागितामा निश्चित दुरी पार गर्नुलाई वाकाथन भनिन्छ ।

पहिलो बर्ष २०२१ मा नेपालगञ्जको बिपि चौकबाट वाकाथन शुरु भई बजार परिक्रमा गरि नेपालगञ्जको सेतु बि.क. चौक हुँदै बौद्ध गुम्वा अगाडी गएर समापन भएको थियो । उक्त कार्यक्रममा चर्चित गायक प्रकाश सपुत लागयतले सहभागिता जनाएका थिए ।

दोश्रो बर्ष २०२२ मा नेपालगञ्जको गणेशमान चौकबाट शुरु भई सदरलाईन हुँदै बिपि चौकमा गएर समापन भएको थियो । २००३ डिसेम्बर ९ मा संयुक्त राष्ट्रसँघिय महासभाबाट भ्रष्टाचार बिरुद्ध संयुक्त राष्ट्रसँघिय महासन्धि पारित भएको थियो । कुल १३४ राष्ट्रले हस्ताक्षर गरि महासन्धि पारित गरेको दिनलाई भ्रष्टाचार बिरुद्ध अन्तराष्ट्रिय दिवसको रुपमा बिश्व भर मनाउने गरिएकोछ ।

  • २१ मंसिर २०८०, बिहीबार प्रकाशित

  • Nabintech