भ्रष्टाचार विरुद्ध नेपालगन्ज वाकाथनका लागि मिडिया साझेदारी

असल शासन प्रतिनिधि

नेपालगन्ज/ भ्रष्टाचार बिरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा शनिवार सम्पन्न हुने भ्रष्टाचार बिरुद्ध नेपालगन्ज वाकाथनको मिडिया पार्टनर कालपृष्ठ दैनिक रहेको छ ।

डिसेम्वर ९ (मंसिर २३ गते) नेपालगन्जमा हुने नेपालगञ्ज वाकाथनका लागि आयोजक संस्था बास नेपाल र कालपृष्ठ दैनिक बिच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

बिगत तीन बर्ष देखि भईरहेको वाकाथन भ्रष्टाचार बिरुद्ध क्रियाशिल संस्था बास नेपालको आयोजना र अन्तरालको व्यवस्थापनमा हुनेछ ।
भ्रष्टाचार बिरुद्धका लागि सँगै हिँडौं भन्ने नाराका साथ आयोजना हुने नेपालगन्ज वाकाथनको मिडिया साझेदारी पत्रमा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाह र कालपृष्ठ दैनिकका प्रकाशक, सम्पादक कमल खत्रीले हस्ताक्षर गर्दै साझेदारी पत्र आदान, प्रदान गरेका थिए ।
वाकाथन नेपालगन्जको गणेशमान चौकबाट शुरु भई बिपि चौक हुदै धम्बोझि चौकमा गएर समापन हुनेछ ।

पश्चिम नेपालमा हुने एक मात्र वाकाथनको मूख्य उद्धेश्य भ्रष्टाचार बिरुद्ध सचेतना जगाउने हो । वाकाथनको अर्थ पैदल यात्रा हुन्छ । कुनै निश्चित उद्धेश्य लिएर ठूलो जनसमुदायको सहभागितामा निश्चित दुरी पार गर्नुलाई वाकाथन भनिन्छ ।

पहिलो बर्ष २०२१ मा नेपालगञ्जको बिपि चौकबाट वाकाथन शुरु भई बजार परिक्रमा गरि नेपालगञ्जको सेतु बि.क. चौक हुँदै बौद्ध गुम्वा अगाडी गएर समापन भएको थियो । उक्त कार्यक्रममा चर्चित गायक प्रकाश सपुत लागयतले सहभागिता जनाएका थिए ।

दोश्रो बर्ष २०२२ मा नेपालगञ्जको गणेशमान चौकबाट शुरु भई सदरलाईन हुँदै बिपि चौकमा गएर समापन भएको थियो ।

२००३ डिसेम्बर ९ मा संयुक्त राष्ट्रसँघिय महासभाबाट भ्रष्टाचार बिरुद्ध संयुक्त राष्ट्रसँघिय महासन्धि पारित भएको थियो । कुल १३४ राष्ट्रले हस्ताक्षर गरि महासन्धि पारित गरेको दिनलाई भ्रष्टाचार बिरुद्ध अन्तराष्ट्रिय दिवसको रुपमा बिश्व भर मनाउने गरिएकोछ ।

  • २१ मंसिर २०८०, बिहीबार प्रकाशित

  • Nabintech