रानीतलाउ सरसफाई

असल शासन प्रतिनिधि

नेपालगञ्ज/ बास नेपालले नेपालगञ्जको रानीतलाउ सरसफाई गरेको छ ।

बास नेपालको २३ औं बार्षिकोत्सव तथा भ्रष्टाचार बिरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा संचालित साताब्यापी कार्यक्रमको चौथोे दिन नेपालगञ्जको पर्यटकीय स्थल रानीतलाउ सरसफाई गरेकोे हो ।

बास नेपालका उपाध्यक्ष शिव कुमार बर्माको नेतृत्वमा बास नेपालका पदाधिकारी, कर्मचारी, स्वयंसेवकहरुको सहभागितामा रानीतलाउ सरसफाई गरिएको हो । कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्रका प्रहरीहरु पनि सहभागि रहेका थिए ।

सरसफाई कार्यक्रमको समापन गर्दै नेपालगञ्ज उपमहानगरपालिका वडा नम्वर ८ का अध्यक्ष बिबेक वाजपेईले रानीतलाउ पर्यटकीय स्थान भएपनि यसको संरक्षण र सरफाईका लागि प्रयाप्त बजेट नभएको बताए ।

बास नेपालकी सहजकर्ता रमिता शाहको संयोजनमा भएको उक्त सरसफाई कार्यक्रममा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाह लगायतको सहभागिता रहेको थियो ।

 

 

 

  • २१ मंसिर २०८०, बिहीबार प्रकाशित

  • Nabintech