नेपालगन्ज वाकाथनको तयारी पुरा

बिहान ७ बजे नेपालगन्जको गणेशमान चौकबाट शुरुहुने

असल शासन प्रतिनिधि

नेपालगन्ज/भ्रष्टाचार बिरुद्ध नेपालगन्ज वाकाथनको सम्पूर्ण तयारी पुरा भएको छ ।
भ्रष्टाचार बिरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा डिसेम्वर ९ (मंसिर २३ गते) नेपालगन्जमा हुन लागेको भ्रष्टाचार बिरुद्ध नेपालगन्ज वाकाथन (Nepalgunj Walkathon) को तयारी पुरा भएसँगै भोली बिहान ७ बजे नेपालगन्जको गणेशमान चौकबाट वाकाथनको शुरुवात हुने कार्यतालिका रहेको छ ।
भ्रष्टाचार बिरुद्धका लागि सँगै हिँडौं (lets walk together for Anti–corruption) भन्ने नाराका साथ आयोजना हुन थालेको नेपालगन्ज वाकाथन गणेशमान चौकबाट शुरु भई बिपि चौक हुदै धम्बोझि चौकमा गएर समापन हुनेछ । वाकाथनमा नेपाल प्रहरीको ब्याण्ड बाजा, विभिन्न साँस्कृतिक प्रस्तुती, झाँकी प्रहर्सन, पर्चा, पम्लपेट बितरण, लगायतका गतिविधिहरु हुने छन् । कार्यक्रमका सहभागिहरु नेपालको झण्डा र भ्रष्टाचार बिरुद्धका सन्देस संकितको प्लेकार्डका साथमा भ्रष्टाचार बिरुद्ध सडकमा उत्रिने छन् ।
भ्रष्टाचार बिरुद्धको अभियानमा स्वस्फूर्त रुपमा सहभागि भई अभियानमा समर्थन जनाउन सरोकारवाला तथा आम नागरिकहरुमा आयोजकले अपिल गरेकोछ । तेस्रो पटक आयोजना गर्न लागिएको वाकाथनले विगतका बर्षहरु भन्दा बढी आम नागरिकहरुको सहभागिता रहदै नेपालगन्जको पहिचानलाई थप व्यापकता दिने अपेक्षा गरिएको छ । २००३ डिसेम्बर ९ मा संयुक्त राष्ट्रसँघिय महासभाबाट भ्रष्टाचार बिरुद्ध संयुक्त राष्ट्रसँघिय महासन्धि पारित भएको थियो । कार्यक्रम बास नेपालको आयोजना, अन्तरालको ब्यवस्थापन तथा विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरुको सहकार्यमा हुन लागेको हो ।

  • २२ मंसिर २०८०, शुक्रबार प्रकाशित

  • Nabintech