मध्यपश्चिममा स्मारिका प्रथम

असल शासन प्रतिनिधि

नेपालगन्ज/ मध्यपश्चिम बहुमुखी क्याम्पसमा शुक्रबार वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानिको ऐक्यबद्धता भन्ने नाराका साथ भएको कार्यक्रममा १९ जनाको सहभागीता रहेको थियो ।

प्रतियोगितामा स्मारिका शर्मा प्रथम, बिष्णु बुढा दोस्रो, बिप्शा लामिछाने तेस्रो र पुष्कर बहादुर बिष्टले सानत्वना स्थान हासिल गरेका छन् ।

मध्यपश्चिम बहुमुखी क्याम्पसको आयोजनामा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान लैंगिक हिंसा न्यूनीकरणमा पुरुषको भुमिका सम्बन्धि वक्तृत्वकला प्रतियोगिता भएको क्याम्पस प्रमुख भगत नेपालीले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राई , प्रहरी निरीक्षक महेश्वरी विष्ट,वडा नम्वर १० का वडा सदस्य भरतध्वज शाही, कानुनबिद सुनिता शर्मा , पत्रकार महासङ्ह बाँकेका सदस्य सुनिल रेग्मी लगायतको उपस्थिति थियो । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान मंसिर ९ देखि मंसिर २४ गते सम्पन्न हुनेछ ।

  • २२ मंसिर २०८०, शुक्रबार प्रकाशित

  • Nabintech