बिधुतको मनपरी, अन्धाधुन्ध रुख काटेपछि चर्को आलोचना

असल शासन प्रतिनिधि

नेपालगन्ज/ नेपाल विद्युत प्राधिकरण नेपालगन्ज बितरण केन्द्रले बाके जिल्ला अदालत अगाडिका रुखहरु अन्धाधुन्ध काटेको छ ।

तार व्यबस्थापनका नाममा १६ वटा बयस्क रुख समन्वय विनानै जथाभावी काटेपछि बिधुत प्राधिकरणको चर्को आलोचना भएको छ ।

समन्वय बिना रुख काटेपछी नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त बिष्टले आक्रोश पोखेका छन् ।

प्रचलित कानुन बमोजिम कडा कारवाहीका लागि कानुनी उपचार खोजिने उनले बताएका छन् ।

शनिबार दिउँसो रुख काटिएको खबर पाउनासाथ नगर प्रमुख विष्ट, उपप्रमुख कमरुद्दिन राई! प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुवासचन्द्र बोहरा लगायतले त्यस क्षेत्रको अनुगमन गरेका थिए ।

  • २४ मंसिर २०८०, आईतवार प्रकाशित

  • Nabintech