मैत्रीपूर्ण भलीबलमा टिम बि बिजयी

माधव कार्की

नेपालगन्ज/बास नेपालको २३औं बार्षिकोत्सवको अवसरमा बास केन्द्रीय कार्यसमिति र कर्मचारीहरुको सहभागितामा मैत्रीपूर्ण भलीबल प्रतिबयोगिता भएको छ ।
नेपालगन्ज स्थित भेरी प्राविधिक शिक्षालयमा आज भएको खेलमा ३/२ को सेटमा हराउदै समुह बि ले जित हासिल गरेको छ ।

प्रतियोगितामा पहिलो र दोश्रो खेलमा दुबै टिमको १/१ को जित हासिल गरेपछि तेस्रो खेलमा टिम ए ले जित हासिल गरेको थियो तर चौथो र पाचौं सेट लगायतर जित हासिल गरेपछि समुह बि बिजयी भएको हो ।


बासका निर्देशक हेमराज भट्टले अम्पायरको भुमिका निर्वाह गरेको टिम बि को नेतृत्व बासका कार्यक्रम प्रबन्धक मन भण्डारी थिए भने सहायक क्याप्टन बासका केन्द्रीय उपाध्यक्ष शिब कुमार बर्मा र खेलाडीहरुमा माधव कार्की, लोक बहादुर घर्ती, तपेन्द्र बहादुर मलाती, खेम बिष्ट, गणेश पौडेल, जानकी बिक र नानीमाया जैसी रहेका थिए ।
यसैगरी समुह ए को नेतृत्व बासका कार्यकारी निर्देशक नमस्कार शाह थिए भने समुहको सहायक कप्तानमा बासका अधिकृत रबिन्द्र बोहरा रहेका थिए । यसैगरी अन्य खेलाडीहरुमा राष्टि बुढामगर, प्रदिप बोहरा, अशोक रावल, दिनेश चौधरी, मिना घर्ती मगर, सुमन पनेरु र रमिता शाह रहेका थिए ।
खेलको स्कोरींगमा बासका प्रशासकीय अधिकृत शुद्ध प्रशाद चौधरी रहेका थिए भने फिल्ड साईडमा सरिता बिक र बसन्ती चौधरीले जिम्मेवारी निर्वाह गरेका थिए । मैत्रीपूर्ण भलीबल प्रतियोगिताम बिजयी खेलाडीहरुलाई बासको मैत्रीपूर्ण बनभोजको क्रममा पुरस्कार प्रदान गरिने बासका केन्द्रीय अध्यक्ष लुना बुढाथोकीले घोषणा गरेका छन् । प्रतियोगिताको उद्घाटन बासका केन्द्रीय अध्यक्ष लुना बुढाथोकीले अम्पायर हेमराज भट्टलाई बल हस्तान्तरण गरेर गरेका थिए ।

  • २५ मंसिर २०८०, सोमबार प्रकाशित

  • Nabintech