विधुत बिरुद्ध उजुरी

असल शासन प्रतिनिधि

नेपालगन्ज/ विधुत प्राधिकरण नेपालगन्जका कर्मचारीले सडकमा हुर्केका विरुवा समन्वयबिना काटेपछि नेपालगन्ज उपमहानगरपालिकाले प्राधिकरण विरुद्ध अपराधिक उपद्रवको मुद्दामा जाहेरी दिएको छ ।

स्थानीय सरकारसँग समन्वय नै नगरी जिल्ला अदालत अगाडिका १६ वटा बयस्क रुख काटिएपछि उपमहानगरपालिकाले जिल्ला प्रहरी कार्यालय, बाँकेमा अपराधिक उपद्रवको ठाडो जाहेरी दिएको छ भने वन कार्यालयमा पनि वन ऐन अनुसारको उजुरी दर्ता गराएको छ ।

विधुत कार्यालयले तार व्यवस्थापनको नाममा नेपालगन्ज उपमहानगरपालिकाले हुर्काएका रुख ठुटै हुने गरी काटेपछि नगर प्रमुख प्रशान्त विष्ट आक्रोशित हुँदै विधुत कर्मचारीविरुद्ध कारबाही प्रक्रियामा गएका हुन् । सार्वजनिक सम्पति तोडफोड र तहसनहस गरिएको विषय भएकाले अपराधिक उपद्रवमा जाहेरी दिएको नगर प्रमुख विष्टले बताएका छन ।

विधुत कर्मचारीले शनिबार अपरान्ह जिल्ला अदालत अगाडिका १६ वटा रुख ठुटै बनाएर काटेका थिए । रुख काटिएको थाहा पाउने वित्तिकै मेयर विष्ट, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल लगायतका ब्यक्तिहरु घटनास्थलमा पुगेका थिए ।

नगरलाई सुन्दर, व्यवस्थित र हरियाली बनाउन रोपिएर हुर्काइएका बयस्क रुख काटिएपछि प्राधिकरणको चौतर्फी विरोध भएको छ । विद्युतले तारमा छुन थालेको हाँगा छाँट्नु पर्नेमा रुख ठुटै हुनेगरी काटिदिएको थियो ।

  • २६ मंसिर २०८०, मंगलवार प्रकाशित

  • Nabintech