भ्रष्टाचार बिरुद्ध क्रियाशिल संस्था बास २४औं बर्षमा प्रवेश

२३औं बार्षिकोत्सब नेपालगन्जमा भब्य

असल शासन प्रतिनिधि

नेपालगन्ज/बास नेपालको २३औं बार्षिकोत्सव समारोह भव्यताका साथ सम्पन्न भएको छ ।
भ्रष्टाचार बिरुद्ध क्रियाशिल बास नेपालको २३ औं बार्षिकोत्सव समारोह नेपालगञ्जमा भव्यताका साथ सम्पन्न भएको हो ।
संस्थाकी केन्द्रीय अध्यक्ष लुना बुढाथोकीको अध्यक्षतामा सम्पन्न बार्षिकोत्सव समारोहमा बोल्दै कार्यक्रमकी प्रमुख अतिथी लुम्विनी प्रदेश सरकारकी पूर्ब मन्त्री कृष्णा के.सी. नमूनाले भ्रष्टाचार बिरुद्धको अभियानमा सबै लाग्न जरुरी भएको बताईन् । उनले भ्रष्टाचार बिरुद्ध बास नेपालले निर्वाह गरेको भुमिका प्रभावकारी रहेको बताउँदै बास नेपालको संस्थागत बिकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । कार्यक्रममा प्रदेश सभा सदस्य माननीय मिना श्रेष्ठ, मिना कुमारी बोहरा शिद्धिकी, बास नेपालका सल्लाहकार तथा बरिष्ट पत्रकार पूर्णलाल चुके, गैसस महासँघ बाँके शाखाका अध्यक्ष चन्द्र प्रकाश तिमिल्सिनाले मन्तब्य ब्यक्त गरेका थिए ।
कार्यक्रममा गायक पूर्ण थापा, गायक तथा कर्णाली प्रदेश संयोजक धिरेन्द्र शाही, पूर्ब केन्द्रीय सचिब चम्फा कठायत, गायत बलु तामांग, गायीका टिना केसीले गित प्रस्तुत गरेका थिए । भने कार्यक्रममा मन्जु थापा, सबिता गुरुंग, लौटन थारु र बसन्ती थारुले नृत्यु प्रश्तुत गरेका थिए भने बास नेपालमा कार्यरत कर्मचारीहरुले सामुहित नृत्य प्रस्तुत गरेका थिए ।


बासका केन्द्रीय महासचिब खुमेस सुवेदीले सञ्चालन गरेको बार्षिकोत्सब समारोहमा बासका उत्कृष्ट प्रदेश, शाखा र कर्मचारीको घोषणा बासका कार्यकारी निर्देशक नमस्कार शाहले गरेका थिए । सम्मान कार्यक्रममा प्रमुख अतिथि अतिथि, बासका केन्द्रीय अध्यक्ष लगायतले गरेका थिए ।
बासका केन्द्रीय अध्यक्ष लुना बुढाथोकीको अध्यक्षतामा भएको बार्षिकोत्सब समारोहमा सास्कृतीक प्रस्तुतीहरु, गित, गजल प्रस्तुत गरिएको थियो । बार्षिकोत्सब समारोहमा विभिन्न क्षेत्रका गरी २ सय बढीको सहभागिता रहेको थियो ।

बार्षिकोत्सबको अवसरमा विभिन्न सम्मान प्रदान
बास नेपालको २३औं बार्षिकोत्सब समारोहमा विभिन्न सम्मानहरु प्रदान गरिएको छ ।
बार्षिकोत्सबको अवसरमा ७ ओटा प्रदेश मध्ये कर्णाली प्रदेश उत्कृष्ट प्रदेशको रुपमा सम्मानीत भएको छ । उत्कृष्ट प्रदेशको रुपमा ५ हजार नगद सहित सम्मानत ग्रहण बास कर्णाली प्रदेश संयोजक धिरेन्द्र शाहीले गरेका थिए । हरेक बर्ष प्रदान गरिने उत्कृष्ट शाखा अन्तरगत यस बर्ष बास डोटी शाखा प्रथम हुन सफल भएको छ । यसैगरी सिराहा शाखा द्धितिय, दैलेख शाखा तृतीय र बाँके शाखाले सान्त्वना स्थान हासिल गरेको छ । यसरी उत्कृष्ट हासिल गर्ने शाखाहरुलाई क्रमशः नगद रु. १० हजार, ७ हजार, ५ हजार र ३ हजार सहित सम्मान पत्रद्धारा सम्मान गरिएको थियो । सम्मान ग्रहण बास डोटी शाखाका अध्यक्ष सरिता कठायत, सिराहा शाखाका उपाध्यक्ष राम चन्द्र शाह, दैलेख शाखाका सचिब कृष्ण कमल अधिकारी र बाँके शाखा अध्यक्ष शोभा थापा मगरले गरेका थिए ।


बास नेपालले संस्थामा कार्यरत कर्मचारीहरु मध्ये कार्य सम्पादनको आधारमा ३ जना कर्मचारीलाई उत्कृष्ट कर्मचारीद्धारा सम्मानीत गरेको छ । कार्यक्रमका बिच बासका जन सम्पर्क अधिकृत माधब कार्की, लेखा अधिकृत राष्टि बुढा मगर र सामाजिक परिचालक तेज बोहरालाई उत्कृष्ट कर्मचारी को रुपमा सम्मान गरीएको थियो । सम्मानित हुने उत्कृष्ट कर्मचारीहरुलाई कार्यक्रममा प्रमुख अतिथि र बासका केन्द्रीय अध्यक्षले नगद सहित सम्मान पत्र र दोसल्ला लगाएर सम्मान गरेका थिए । यसैगरी बास केन्द्रीय कार्यालयमा लामो समय देखि मालीको रुपमा कार्यरत इस्लाम बागवानलाई सम्मान गरिएको छ ।
यसैगरी बार्षिकोत्सबको अवसरमा बासका स्वयम्सेवक सुमिता कुमाल र बासुदेब उपाध्याय उत्कृष्ट स्वयम् सेवकको रुपमा सम्मानीत गरिएको छ । यसैगरी कार्यक्रममा बिच भ्रष्टाचार बिरुद्धको अन्तराष्टिय दिवसको अवसरमा आयोजित नेपालगन्ज वाकाथन कार्यक्रममा सहयोग तथा सहकार्य गर्ने संस्था तथा निकायलाई प्रशंसा पत्र प्रदान गरिएको थियो भने संस्थाले विगत लामो समय सम्म सदस्यको रुपमा क्रियाशिल १७ जनालाई सक्रिय सदस्यता प्रमाण पत्र प्रदान गरिएको थियो । यसैगरी देउसी भैलो कार्यक्रममा सहयोग गर्ने १९ जनालाई सम्मान पत्र प्रदान गरिएको थियो भने समानुपातीक प्रणालीबाट प्रदेश सभा सदस्यमा मनोनीत मिना श्रेष्ठ बोहरा शिद्धिकीलाई सम्मान गरिएको थियो ।

  • २६ मंसिर २०८०, मंगलवार प्रकाशित

  • Nabintech