फ्रिडम किटब्याग, सिआईएन र बासले बाँडे राहत

असल शासन प्रतिनिधि

नेपालगञ्ज / कार्तिक १७ गते राती गएको भुकम्पका कारण पिडामा रहेका जाजरकोट जिल्लाका भुकम्प प्रभाबित ब्यक्तिहरुका लागि राहत बितरण गरिएको छ ।

जाजरकोट जिल्लाको भेरी नगरपालिका र नलगाड नगरपालिकाका भुकम्प प्रभाबितहरुलाई फ्रिडम किट ब्यागको आर्थिक सहयोग, सिर्जनशील संस्था नेपाल ( सिआईएन )को आयोजना, र बास नेपालको समन्वमा भेरी नगरपालिकाको कालेगाँउ, माथिल्लो थाप्लेमा र नलगाड नगरपालिकाको वार्ड नम्बर १,३,५ र ६ मा बितरण गरेको फ्रिडम किट ब्यागकी नेपाल प्रतिनिधि निर्मला श्रेष्ठले बताईन् ।

सुत्केरी महिलाहरुको लागि चार वटा टेन्ट, बिस वटा ब्ल्याङकेट, बाह्र वटा टर्च लाईट, दुई वटा पिफम, पाँच सय छपन्न जनालाई स्यानीटरी प्याड, तिस वटा योगा म्याट, एक सय जनालाई पछेउरी, एक सय जनालाई बाल्टी, छ सय प्याकेट नुन, बच्चा र जेष्ट नागरिकहरुलाई छ सय वटा न्यानो टोपी र छ सय जना जेष्ट नागरिकहरुलाई हाईजेनिक किट बितरण गरिएको छ ।
दस लाखको राहत सामाग्री जाजरकोटमा बितरण गरेर नेपालगञ्ज फर्केकी संस्थाकी अध्यक्ष श्रेष्ठ पुन राहत सामाग्री लिएर रुकुम पश्चिम जाने तयारीमा रहेको बताउँछीन ।

२०७२ साल देखी सामाजिक काममा अग्रसर फ्रिडम किट ब्यागले बिभिन्न बिपतको समयमा पिडितहरुलाई राहत बितरण गर्दै आईरहेको छ ।

  • २७ मंसिर २०८०, बुधबार प्रकाशित

  • Nabintech