तलाउमा डुबेर तेज बहादुरको निधन

असल शासन प्रतिनिधि

नेपालगन्ज/ नेपालगन्जक पुस्पलाल चोकस्थित प्रहरी गुल्म गण नजिकै रहेको तलाउमा एक जनाको डुबेर मृत्यु भएको छ ।

सल्यानबाट भारततर्फ जाने क्रममा नेपालगन्जमा पुगी मंसिर २४ गतेदेखि सम्पर्कविहिन भएका तेज बहादुर कामी रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एवं प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार, उनी हराएपछि परिवारका सदस्य र प्रहरीले खोजतलास गरिरहेको थियो ।

हराएको सूचना सामाजिक सञ्जालमा राखिएता पनि कतैबाट कामीकाे बारेमा सूचना आइपुगेको थिएन । उनको खोजी भईरहँदा अचानक तलाउमा डुबेर मृत्यु भएको अवस्थामा उनको शव भेटिएको हो ।

घटनाबारे परिवारलाई खबर गरिसकेको र थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

  • २८ मंसिर २०८०, बिहीबार प्रकाशित

  • Nabintech