सहायता कक्ष मार्फत भुकुम्प प्रभावितलाई सहायता दिइने

रबिन्द्र बोहरा

जाजरकोट जिल्लामा गत कार्तिक १७ गते गएको भुकम्पमा परि प्रभावित भएका नागरिकहरुलाई पालिकामा नागरिक सहायता कक्ष स्थापना गरि सेवा प्रदान गरिने भएको छ । युनिसेफ नेपालको सहयोगमा बास नेपालले जाजरकोट जिल्ला र रुकुम पश्चिम जिल्लामा नागरिक सहायता कक्ष मार्फत नै सेवा प्रदान गर्ने भएको हो । भुकुम्पबाट प्रभावित भएका नागरिकहरुलाई सार्वजनिक सेवा प्रदान, राहत वितरण, सही सूचना प्रदान, विभिन्न संघसंस्थासँग समन्वय, जिल्ला प्रशासन कार्यालयमा समन्वय गर्ने तथा नागरिकका गुनासाहरु सम्बन्धित निकायबाट समाधान गर्ने उद्धेश्यले सो कक्षको स्थापना गरिएको हो । मंसिर २८ गते जाजरकोट जिल्लाको नलगाड नगरपालिका र रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा नागरिक सहायता कक्ष स्थापना गरिएको छ ।

नागरिक सहायता कक्षको स्थापनाको उद्घाटनको क्रममा बोल्दै नलगाड नगरपालिकाका कार्यवहाक नगरप्रमुख कौशी बहादुर विष्टले अहिलेको यो विषम परिस्थितीमा सबै तह र तप्काबाट सहयोग भईरहेको सन्दर्भमा बासले नागरिक सहयाता कक्ष स्थापना गर्नु खुसीको विषय भएको बताए । उनले आगामी दिनमा सहकार्य र समन्व्यको भुमिकामा पालिकाले सहयोग गर्ने प्रतिबद्धता समेत जाहेर गरे ।
आठबीसकोट नगरपालिकाका उपप्रमुख धनकुमारी शाहीले उद्घाटन सत्रमा बोल्दै विगतका दिनहरुमा नागरिक सहायता कक्ष स्थापनाको लागि संरचना बनाएको भएतापति सो गर्न नसकिएको बताउँदै बास मार्फत स्थापना गरिएको नागरिक सहायता कक्ष प्रभावकारी हुने विश्वास राख्दै सबैले पुर्न निमार्णमा हातेमालो गर्दै अगाडी बढनु पर्ने बताइन् ।
नागरिक सहायता कक्षको स्थापना कार्यक्रममा युनिसेफ नेपालका प्रकाश आचार्य, बास नेपालका तर्फबाट अनुगमन अधिकृत हरि प्रसाद जोशी, अभिलेखिकरण अधिकृत रबिन्द्र बोहरा, जिल्ला स्रोत व्यक्ति बिनोद आर सि र लक्ष्मी के.सी. को सहभागिता रहेको थियो ।

  • २८ मंसिर २०८०, बिहीबार प्रकाशित

  • Nabintech