ट्रक सशस्त्रको नियन्त्रणमा, व्यापारी र प्रहरी बिच बिबाद

पुष्पलाल चौक ठप्प

असल शासन प्रतिनिधि

नेपालगन्ज/ नेपालगन्ज भन्सार कार्यालयबाट जाँचपास भएर आएको मालवाहक ट्रकमा कैफियत देखिएको भन्दै सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

जाँचपास आएर आएको गाडी अनाहकमा नियन्त्रणमा लिएको भन्दै नेपालगन्जका व्यवसायीहरुले अवरोध गरि पुष्पलाल चौक सडक अबरुद्ध गरेका छन् ।

सशस्त्र प्रहरीले नेपालगन्जका एक व्यापारीले जाजरकोट पठाउन लागेको भारतिय नम्बरको गाडीलाई नियन्त्रणमा लिई राजस्व अनुसन्धान कार्यालय कोहलपुर लैजान खोज्दा व्यवसायी र सशस्त्र प्रहरी बिच बिबाद भएको हो ।

नेपालगन्ज उधोग बाणिज्य संघका अध्यक्ष टँक धामीले प्रहरीले नियन्त्रणमा लिएको गाडीको बिषयमा बुझ्न खोज्दा बिना कारण राजस्व कार्यालय लैजान खोजेको बताए ।
उनले भन्सारबाट चेक भएर आएको सामान किन राजस्व कार्यालय लैजाने, भन्सार कार्यालयनै लगेर पुन: जाँच गराउन माग गर्दा प्रहरीले नमानेपछी बिबाद भएको बताए ।
हाल पुष्पलाल चौकमा पाँच सय बढी व्यापारीहरुले धर्ना दिईरहेकाछन् ।
उधोग बाणिज्य संघले भन्सार गराउँदा गल्ती गर्ने जो कोहिलाई कार्वाही हुनुपर्ने माग राखेको छ भने प्रहरीले राजस्व अनुसन्धानको बिषय भएको उल्लेख गर्दै कोहलपुर लैजाने बताएको छ ।

  • २९ मंसिर २०८०, शुक्रबार प्रकाशित

  • Nabintech