अन्ततः ट्रक राजस्व अनुसन्धानका लागि कोहलपुर पठाईयो

असल शासन प्रतिनिधि

नेपालगन्ज/ नेपालगन्ज भन्सार कार्यालयबाट जाँचपास भएर आएको मालवाहक ट्रकमा कैफियत देखिएको भन्दै सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

जाँचपास आएर आएको गाडी अनाहकमा नियन्त्रणमा लिएको भन्दै नेपालगन्जका व्यवसायीहरुले अवरोध गरि पुष्पलाल चौक सडक अबरुद्ध गरेका थिए ।

सशस्त्र प्रहरीले नेपालगन्जका एक व्यापारीले जाजरकोट पठाउन लागेको भारतिय नम्बरको गाडीलाई नियन्त्रणमा लिई राजस्व अनुसन्धान कार्यालय कोहलपुर लैजान खोज्दा व्यवसायी र सशस्त्र प्रहरी बिच बिबाद भएको थियो ।

व्यापारी, व्यवसायीको व्यापक बिरोधका बाबजुत प्रहरी, प्रशासनले बल प्रयोग गरि उक्त गाडी कोहलपुर स्थित राजस्व अनुसन्धान कार्यालय पठाएको छ ।

बाकेका प्रजिअ श्रवण कुमार पोख्रेलले जिल्ला प्रशासन कार्यालय बाकेको आधिकारिक फेसबुक पेज मार्फत लेखेका छन् – राजस्व चुहावट नियन्त्रण संवन्धी हाम्रो कारवाहि (operation) भर्खरै सफल भएको छ । राजस्व अनुसन्धान कार्यलय कोहलपुरलाई ट्रक बुझाईएको छ । नतिजा सार्वजनिक गर्ने नै छु । कम्तिमा “राम्रो” लाई “राम्रो” भन्ने सोंचको बिकास गरौ ।

  • २९ मंसिर २०८०, शुक्रबार प्रकाशित

  • Nabintech