सुब्बाकुनामा दुर्घटना, मोटरसाइकल चालकको निधन

बस र चालक प्रहरी नियन्त्रणमा

असल शासन प्रतिनिधि

नेपालगन्ज/ सुर्खेतको बिरेन्द्रनगर सुब्बाकुना नजिक भएको सडक दुर्घटनामा  एक मोटरसाईकल चालकको मृत्यु भएको छ ।

शनिबार साँझ ६ बजेको समयमा सुर्खेतको बिरेन्द्रनगर नगर पालिका वडा नम्वर १२ सुब्बाकुनाबाट ३०० मिटर अगाडी सुर्खेतबाट नेपालगन्ज तर्फ जाँदै गरेको युनाईटेड एजुकेशनल एकेडेमी नेपालगन्जको भे १ क ११२२ नम्वरको बसले बिपरित दिशातर्फबाट आईरहेको भे ३ प ९७४० नम्वरको मोटसाईकललाई ठक्कर दिएको थियो ।

उक्त ठक्करबाट घाईते मोटरसाईकल चालक सुर्खेतको बिरेन्द्र नगरपालिका ११ धुलियाबिट बस्ने बर्ष २६ को मनोज सुनारको खुट्टा, टाउकोमा चोट लागि प्रदेस अस्पताल कालागाउँ सुर्खेतमा पठाईएका सुनारको उपचारका क्रममा निधन भएको छ ।

बस चालक  नेपालगंज उपमहानगर पालिका ११ बस्ने बर्ष ५९ का रमेश कुमार बर्मा र बस जिल्ला प्रहरी कार्यालय सुर्खेतको नियन्त्रणमा छन् ।

एकेडेमीको बस शैक्षिक भ्रमणको लागि सुर्खेत गएको थियो ।

  • ३० मंसिर २०८०, शनिबार प्रकाशित

  • Nabintech