कस्ले लग्यो पल शाहको ब्रासलेट ?

असल शासन प्रतिनिधि

धनगढी/ धनगढीमा जारी सुदूरपश्चिम महोत्सवमा नायक पल शाहको हिजो करिब ३ तोला सुनको ब्रासलेट हराएको छ ।

स्टेज प्रस्तुतिका क्रममा उनकै फ्यानहरुले हात तानेर ब्रासलेट खोसेको बताइएको छ । तर, कसले खोस्यो ? भन्ने विषयमा कुनै पत्तो लाग्न नसकेको बुझिएको छ ।

ब्रासलेट खोज्न सिसिटिभी हेरिएपनी अहिलेसम्म फेला नपरेको महोत्सवका सांस्कृतिक संयोजक मिलन कुँवरले बताए ।

उनका अनुसार हराएको ब्रासलेट फेला परेको छैन । तर शाहले ब्रासलेट हराएकोमा कुनै दुख व्यक्त नगरेको र त्यसलाई धनगढीको मायाका रुपमा लिएको कुँवरले दाबी गरे ।

उता प्रहरीले भने ब्रासलेट हराएको विषयमा जानकारी नै नआएको जनाएको छ ।

उद्योग वाणिज्य महासङ्घ कैलालीले आयोजना गरेको महोत्सवमा हिजोमात्रै १ लाख बढी दर्शक आएको बताएको थियो ।

  • १ पुष २०८०, आईतवार प्रकाशित

  • Nabintech