हिंसा र शोषणमुक्त समाज हाम्रो प्रतिबद्धता

माधव कार्की

केशव कोईराला
कार्यक्रम सयोजक,  माईती नेपाल, नेपालगन्ज

१. तपाईको नेतृत्वमा रहेको संस्थाले हालसम्म के के कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ?
– २०५७ फागुन देखि महिला तथा बालबालिकाहरु माथि हुने सबै प्रकारका हिंसा र शोषणबिरुद्ध सामाजिक जागरण एबं जनचेतना मुलक अभियान चलाउनुका साथै बेचबिखनको जोखिममा रहेका महिला तथा बालबालिकाहरुलाई परामर्श तालिमका साथै शैक्षिक अवसर प्रदान गरेर आत्मनिर्भर बनाउन पहल गर्ने कामहरु माईती नेपालले गर्दै आएको छ । विशेष गरी बेच बिखनमा परेका बालबालिका तथा महिलाहरुलाई सुरक्षित उद्धार गरी परिवार तथा समाजमा सम्मान जनक पुर्नस्थापना र पुर्नमिलन गराउने र चेलीबेटी बेचबिखनका बिरुद्ध जनचेतनामुलक कार्यक्रम सन्चालन गर्नुका साथै राज्यको पुन संरचना अन्तर्गत पालिकाहरुमा छुटै नीति बनाउनको लागी पालिकालाई सहयोग गर्दै आएका छ । मानव बेचबिखन बिरुद पालिका स्तरिय, वडास्तरिय समितीहरु गठन र परिचालन गर्नमा सहयोग गर्ने काम गर्दै आएका छौं । स्थानिय पालिकाका प्रतिनिधिहरुलाई त्यसका लागि सुसुचित पार्न पैरवी गर्ने काम गर्दै आएका छौं । कुनै न कुनै माध्यमबाट भारतमा श्रम शोषणमा परेका महिला तथा बालबालिकाहरुलाई अविभावकले खोजतलासका लागि सुचना दिनु हुन्छ त्यसपछि हामी उद्धार गर्ने कामका लाग्छौं भने अर्को तरिकाबाट हामिले नै स्वयं अनुगमन गर्दै आएका छौं । उद्धार गर्दा भारतमा रहेको स्थानिय प्रशासन सँग समन्वय नगरी माथिल्लो निकायमा समन्वय गरेर उद्धार गर्दछौ । उद्धार पश्चात उनीहरुलाई मनोबिमर्श सेवा दिनुका साथै स्वास्थ्य चेक अप गर्दछौं भने कानुनी सहायत जस्तै कुनै केसमा मुद्धाको लागी समन्वय गर्ने गरेका छौं । साथै उद्धार पश्चात घर जान नमान्ने र घरका अविभावकले नस्वीकारेको अवस्थामा सीप मुलक तालिमहरु दिएर पुर्नस्र्थापना गर्ने काम गर्छौं । बेचबिखनमा परेका महिला तथा बालिबालिकाहरुलाई उद्धार पश्चात दुई, तिन दिन यही राखेर लामो समयाअवधिको लागि केन्द्रीय कार्यालय काठमान्डौंमा लिएर पुर्नस्थापना गर्दै आएका छौं ।

२.यहाँहरुको सहकार्य कुन कुन संस्था र निकायहरुसँग रहेको छ ?
– स्वीट्जरलेन्डको सिओ संस्था, यु.एस आईडी, एसिया फाउन्डेसन लगायत नेपाल सरकारको, स्थानिय सरकार, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयका साथै बास नेपाल, समाज सेवा संस्थासँग सहकर्य गर्दै आएका छौं ।

३. यहाँहरुले कस्का लागि कहाँ कहाँ काम गर्नु भएको छ ?
– समस्या बिरुद्ध सबैलाई सचेत बनाउँदै जोखिम परिस्थितिमा रहेका तथा बिभिन्न हिंसाबाट प्रभावित बालबालिका तथा महिलाहरुलाई सामाजिक सुरक्षा प्रदान गरी स्वतन्त्र र सम्मानजनक जीवनयापनका लागि पहल गर्ने उद्धेश्यका साथ जहाँ समस्या छ, जहाँ सम्म हाम्रो पहुँच पुग्न सक्छ त्यहाँ सम्म काम गर्ने गरेका छौं ।

४. हालसम्म गरिएका उल्लेखित कार्यहरु के के हुन ?
– नेपाल भारत बोर्डर सिमानमा परामर्श केन्द्र स्थापना गरेर काम गर्नुका साथै भारतको दिल्लीस्थित जिबी रोडमा आफै गएर रेकि गरी १२ जना महिलाहरुको उद्धार गरेका छौं । आगरा र मेराठमा सञ्चालनमा आएका कोठीहरु बन्द गराउन सफल भएका थियौं तर हाल फेरि सन्चालनमा आईसकेका छन् । दैनिक जसो कुनै न कुनै माध्याम बाट भारत प्रबेश गर्न लागेका आठ देखी दस जना सम्म महिला तथा बालबालिकाहरुलाई परामर्स गर्दै आईरहेका छौं । धेरै दिदिबहिनी हरु उद्धार पछिको पुर्नस्र्थापना पश्चात सिपमुलक तालिम लिएर अहिले आफ्नै पेशा ब्यवसाय गरेर बसीरहेका छन् ।

५.सामाजिक क्षेत्रमा काम गर्दा के के चुनौतीहरु सामना गर्नुपरेको छ ?
– पहिलो चुनौती भन्नू पर्दा राज्याले कानुन बनाएर कानुन कार्यन्वयन गर्न नसक्दा काम गर्न चुनौती हुनुको साथै खुल्ला सिमानाका कारण नेपाल भारत सङ उद्धारका लागि कानुनी रुपमा नीति र सम्झौता नभएका कारण झनै चुनौती रहेको छ ।

६.आगामी कार्यक्रम र योजनाहरु के के छन् ?
– राज्यको कानुन कार्यन्वय गर्नको लागि सहयोग गर्ने काम । नियमित कृयाकलाप गर्नुका साथै । बालबालिका तथा महिलामाथि हुने सबै प्रकारका हिंसा र शोषणमुक्त समाज निर्माण गर्न लागि रहने योजना रहेको छ ।

 

७. अन्त्यमा के भन्नुहुन्छ ?
मिडियाको माध्याम बाट बिभिन्न संघ संस्थाहरुका गतिबिधिहरु बाहिर ल्याउने काम गरेकोमा असल शासन मिडियालाई धेरै धेरै धन्यवाद छ ।

  • २ पुष २०८०, सोमबार प्रकाशित

  • Nabintech