प्रजिअ मार्फत प्रधानमन्त्रीलाई भ्रष्टाचार विरुद्धको हस्ताक्षर बुझाईयो

असल शासन प्रतिनिधि

नेपालगन्ज/ भ्रष्टाचार विरुद्धको हस्ताक्षर ब्यानर बाँकेका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पठाईएको छ ।

भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर बास नेपालले संकलन गरेको हस्ताक्षर आज बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेललाई बुझाईएको हो ।

बास नेपालका कार्यबाहक केन्द्रीय अध्यक्ष शिव कुमार बर्मा, सचिव दिला शाह, पूर्व अध्यक्ष मन भण्डारी, कार्यकारी निर्देशक नमस्कार शाह लागायतले उक्त हस्ताक्षर ब्यानर प्रमुख जिल्ला अधिकारी पोख्रेललाई हस्तान्तरण गरेका थिए ।

हस्ताक्षर ब्यानर ग्रहण गर्दै प्रमुख जिल्ला अधिकारी पोख्रेलले व्यानर तत्काल प्रधानमन्त्री कार्यालयमा पठाउने प्रतिबद्धता व्यक्त गरे ।

भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा बास नेपालद्वारा संचालित सप्ताहव्यापी कार्यक्रम अन्तरगत मंसिर २० गते नेपालगन्जको बिपि चौकमा हस्ताक्षर संकलन गरिएको थियो । कार्यक्रम संयोजक शोभा थापा मगरका अनुसार ब्यानरमा एक हजार बढिले हस्ताक्षर गरेका थिए ।

सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाललाई सम्बोधन गरि लेखिएको उक्त व्यानरमा मुलुकमा व्याप्त भ्रष्टाचार विरुद्ध शुन्यसहनशिलता कायम गरि भ्रष्टाचारमुक्त राष्ट्र निर्माणका लागि विशेष पहल गर्न बाँकेबासीका तर्फबाट जोडदार माग गरिएको छ ।

  • ६ पुष २०८०, शुक्रबार प्रकाशित

  • Nabintech