घोडाघोडीमा सामाजिक परीक्षण

असल शासन प्रतिनिधि

कैलाली/ मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र (सी.एम.सी.–नेपाल) द्वारा कैलालीको घोडाघोडी नगरपालिकामा सञ्चालित मानसिक स्वास्थ्य तथा मनोसामाजिक सुस्वास्थ्य प्रवद्र्धन परियोजनाको सामाजिक परीक्षण सम्पन्न भएको छ ।

फेल्म–नेपालको आर्थिक सहयोगमा मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र (सी.एम.सी.–नेपाल) द्वारा सञ्चालित उक्त परियोजनाको सामाजिक परीक्षण सम्पन्न भएको हो ।

अप्रवासी कामदार, मानसिक स्वास्थ्य समस्या भएका व्यक्ति, अपाङ्गता भएका व्यक्ति, महिला तथा बालबालिका, युवा, किशोरकिशोरी तथा पछाडि परेका वर्गलाई विना भेदभाव प्रत्यक्ष लाभ पुग्ने कार्यमा सहयोग प्रदान गर्ने उद्धेश्यले सञ्चालित परियोजना अन्र्तगत सिएमसिले आत्महत्या रोकथाम बारे सचेतना जगाउने, मानसिक रोगका बिरामीहरुको पहिचान गर्ने, परामर्श सेवा दिने र उपचार गर्न सहयोग गर्ने कार्य उक्त संस्थाले गर्दै आएको छ ।

सिएमसिकी सुसिला चौधरीले सञ्चालन गरेको कार्यक्रममा सामाजिक परीक्षक नमस्कार शाहले सामाजिक परीक्षणको प्रतिबेदन प्रश्तुत गरेका थिए भने सिएमसि नेपालका प्रादेशिक संयोजक हिमाल गैरेले कार्यक्रमका सहभागिहरुलाई स्वागत गर्नुका साथै परियोजनाको उद्धेश्य माथि प्रकाश पारेका थिए । कार्यक्रममा पालिकाका निमित्त प्रशासकिय अधिकृत उमेश राज रेग्मी, स्वास्थ्य शाखाका सहसंयोजक बेद बहादुर चौधरी लगायतले बोलेका थिए । कार्यक्रममा ३० बढिको सहभागिता रहेको थियो ।

कार्यक्रममा पालिकाका जनप्रतिनिधि, कर्मचारी, सेवाग्राहीहरुको उपस्थिती रहेको थियो । सामाजिक परीक्षणको प्रतिबेदन सामाजिक परीक्षक नमस्कार शाहले नगर प्रमुख खडक बहादुर रावतलाई हस्तान्तरण गरेका थिए ।

 

  • ७ पुष २०८०, शनिबार प्रकाशित

  • Nabintech