नमुना शहरी बिकास मन्त्री !

असल शासन प्रतिनिधि

नेपालगञ्ज/ लुम्विनी प्रदेश सभा सदस्य कृष्णा केसी नमुना लुम्बिनी प्रदेशको शहरी बिकास मन्त्री सिफारिस भएकि छन् ।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नुमना सहित दुई जना मन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेका छन् । शनिवार मूख्य मन्त्री चौधरीले मन्त्री परिषदको विस्तार गरेका हुन् । मुख्यमन्त्री चौधरीले आफु सहित ७ जनाको मन्त्रिपरिषदलाई विस्तार गर्दै ९ सदस्सिय बनाएका छन् ।

थप भएका मन्त्रीहरुमा बाँकेबाट कृष्णा केसी नमुना र प्युठानबाट सरोज थापा रहेका छन् । मुख्यमन्त्रीले बाँकेकी केसीलाई शहरी विकास र प्युठानका थापालाई उद्योग तथा यातायात मनत्रालयको जिम्मेवारीका साथ सिफारिस गरेका छन् ।

मुख्यमन्त्री चौधरीले थप मन्त्री सहित मन्त्री परिषदको सिफारिस प्रदेश प्रमुखलाई पठाएका छन् तथापी प्रदेश प्रमुख अमिक शेरचनले सिफारिस अनुसार नयाँ मन्त्रीहरुको नियुक्ति गरेका छैनन् ।

 

 

  • ७ पुष २०८०, शनिबार प्रकाशित

  • Nabintech