सिराहमा सूचनाको हक बारे अभिमुखिकरण

असल शासन प्रतिनिधि

सिराहा/  बास नेपाल सिराहा शाखाले  सिराहामा  सूचनाको हक सम्बन्धी अन्तरक्रियात्मक अभिमुखिकरण कार्यक्रम आयोजना गरेको छ ।

अन्तरक्रियात्मक अभिमुखिकरण कार्यक्रममा सहभागीहरुले राखेको जिज्ञासाको जवाफ दिदै कार्यक्रमका प्रमुख अतिथि तथा राष्टिय सुचना आयोगका आयुक्त रत्न प्रशाद मैनालीले सुचना लुकाउनेलाई आयोगले कार्वाही गर्ने बताएका छन्  ।

साथै उनले सूचना माग्नेलाई मांग बमोजिमको सूचना उपलब्ध गराउनु सार्वजनिक निकायको दायित्व रहेको र ती दायित्व पूरा नगर्ने सार्वजनिक निकायका सूचना अधिकारी र कार्यालय प्रमुख सजायको भागीदार हुने  बताए ।

जिल्ला प्रशासन कार्यालय, सिरहाका प्रशासकीय अधिकृत तथा सूचना अधिकारी भवेश झाले आफ्नो लामो जागिरे जीवनमा २०६६ सालबाट सूचनाको हकबारे जानकारी भएपनि थप कुराहरु सूचनाको हकको अभियन्ता परशुराम साहवाट जानकारी लिने गरेको र सूचनाको हकका लागी साहले बिरुवा रोपेर मल र पानी हालेजस्तै सिरहामा उदाहरणीय कार्य गरेको बताउनुभयो । सूचना मांगकर्ताको सुरक्षाका लागी गृह मंत्रालयबाट समेत निर्देशन प्राप्त भएकोले, सूचनाको हक प्रचलनमा लागेकालाई कसैले धाकधम्की दिए किटानी जाहेरी दिन र निर्धक भएर काम गर्न उहाँले आश्वस्त पार्नुभएको छ।

सिरहामा सूचनाको हकको प्रचलन गराउन अभियानमा लाग्नुभएको परशुराम साहले, सूचना अधिकारी तोक्न, तोकेको सूचना अधिकारीको फ्लेक्स बोर्ड सार्वजनिक गर्न, स्वत: प्रकाशन गर्न र सूचनाका लागी आएका निबेदन र सो बमोजिम सूचना उपलब्ध गराइएको वा इन्कार गरिएको बिबरणको छुट्टै अभिलेख राख्न आदेश दिने , अनुगमन गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीको हुदाहुदै पनि सो कानूनी ब्यवस्थाको प्रचलन अभियन्ताले गराउनुपर्ने बाध्यात्मक अवस्था रहेको गुणासो ब्यक्त गर्नुभएको छ ।

बास नेपाल सिराहा शाखाका अध्यक्ष गोबिन्दबहादुर बिष्टको अध्यक्षतामा भएको सो कार्यक्रममा राष्ट्रिय सूचना आयोगका आयुक्त रत्न प्रसाद मैनालीले, सूचनाको हकको आवश्यकता र महत्वका बारेमा नागरिकलाई सुसूचित गर्ने र सूचना मांग गरेर भ्रष्टाचार नियन्त्रणमा निर्वाह गरेको भुमिकाको मुल्यांकन गर्दै साहलाई गम्छा ओढाएर सम्मान गरेका हुन ।

  • ८ पुष २०८०, आईतवार प्रकाशित

  • Nabintech