बाघको आक्रमणबाट गयो बालकको ज्यान

असल शासन प्रतिनिधि

नेपालगन्ज/ बाघको आक्रमणबाट बर्दियामा फेरि एक जनाको ज्यान गएको छ ।

बारबर्दिया नगरपालिका–४ बैरिया गाउँका १२ वर्षका सुमित थारुकाे बाघ आक्रमणबाट ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) तुल्सीराम अर्यालका अनुसार, बबई नदीमा नुहाउन गएका बेला नदी किनारकाे जिराहा सामुदायिक वन नजिकै बालकलाई बाघले आक्रमण गरी घाइते बनाएकाे थियाे । घाइते बालककाे उपचारका क्रममा आरसी थारु मेमोरियल अस्पताल जयनगरमा ज्यान गएको हो ।

बाघकाे आक्रमणबाट बालककाे ज्यान गएपछि स्थानीयवासी त्रसित भएका छन् । केही दिनयता बैरिया गाउँ लगायतका क्षेत्रमा बाघ, चितुवाले बाख्रा–बङ्गुरलाई पनि आक्रमण गर्दै आएकाे स्थानीयवासीले बताएका छन् ।

  • ८ पुष २०८०, आईतवार प्रकाशित

  • Nabintech