न्यानो कपडा संकलन गर्न प्रजिअ पोख्रेलको अनुरोध

माधव कार्की

नेपालगञ्ज / चिसोको समयमा शितलहरबाट बिपन्नहरुलाई बचाउन सफा कपडा संकलन गर्ने अभियान सञ्चालन गर्न प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेलले सबै संघ सस्थाहरुसंग आग्रह गरेका छन् ।

बास नेपालले नेपालगञ्जको गणेशमान चौकमा सञ्चालन गरेको कपडा बैक मार्फत न्यानो कपडा संकलन गरि बितरण गर्ने योजना बनाईएको उल्लेख गर्दै बाँकेका प्रमुख जिल्ला अधिकारी पोख्रेलले सो कुरा बताएका हुन् ।

गैर सरकारी संस्था महासंघ नेपाल बाँकेको समन्वयमा बाँके जिल्लामा क्रियाशिल संघसस्थाहरुको समन्वय बैठकमा बोल्दै प्रमुख जिल्ला अधिकारी पोख्रेलले हरेक संघ संस्थाले गरेका क्रियाकलापहरुको नियमित जानकारी गराउन पर्नेमा जोड दिए ।

आईतवार जिल्ला प्रशासन कार्यालय बाँकेको सभाहलमा सम्पन्न समन्वय बैठकमा २ दर्जन संघसस्था तथा निकायको सहभागिता रहेको कार्यक्रममा विपदका क्षेत्रमा क्रियाशिल संघसस्थाका प्रतिनिधिहरुले संस्थाका गतिबिधिहरु प्रस्तुतिकरण गरेका थिए ।

कार्यक्रममा गैर सरकारी संस्था महासंघ नेपाल बाँकेका अध्यक्ष चन्द्र प्रशाद तिमिल्सेना लगायत बाँकेमा क्रियाशिल संघसस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । समन्वय बैठकबाट बिभिन्न निर्णयहरु गरिएको छ ।

बाँके जिल्लामा तथा अन्य जिल्लामा दर्ता भै यस जिल्लामा विभिन्न क्षेत्रमा कृयाशिल संघसस्थासंगको उपस्थितिमा परिचयात्मक कार्यक्रम गर्ने, बाँकेमा क्रियाशिल संघसस्थाको तर्फवाट जिल्लामा संचालन भैरहेका गतिविधिहरुको संक्षिप्त प्रस्तुतिकरण भई छलफल भएर आगामी दिनमा समन्वयात्मक रुपमा कार्य गर्ने, जिल्ला प्रशासन कार्यालयमा समन्वयात्मक बैठक प्रभावकारी बनाउन हरेक ३÷३ महिनामा नियमित बस्ने, जिल्लामा कार्यरत संघसस्थाले आफुले संचालन गरेका गतिविधि तथा कार्यक्रमको नियमित रुपमा जिल्ला प्रशासन कार्यालयको जिल्ला आपतकालिन कार्यसंचालन केन्द्रमा प्रतिवेदन उपलव्ध गराउने, हाल चिसो तथा शितलहरको सम्भावना कायमै रहेकोले सोको पूर्वतयारी तथा प्रतिकार्यका लागि संघसस्थावाट हुने गतिविधिका बारेमा छलफल हुनुका साथै कपडा बैक मार्फत न्यानो कपडा बितरण गर्नका लागि सहकार्य गर्ने निर्णय भएको छ ।

त्यसैगरी फातिमा फाउन्डेसन नेपालले नेपालगंज उपमहानगरपालिकाको बडा नं ३ र ७ मा संचालन गरेको सामुदायिक सुरक्षा जालो परियोजना तथा अन्य गतिविधिको बारेमा बैठकमा जानकारी गर्दै तातो हावा तथा त्यसको प्रभावको बारेमा बाँके जिल्लाको आकस्मिक योजना निर्माणकालागि रेडक्रस लगायत दातृ निकायलाई अनुरोध गर्ने लगायतका बिषयमा निर्णय गरिएको छ ।

 

 

  • ८ पुष २०८०, आईतवार प्रकाशित

  • Nabintech