डेढ बर्ष अघिको गुनासो प्रशासनद्वारा सुनुवाई

अनाधिकृत रुपमा बसेका गैर नेपाली नागरिकहरुलाई हटाईने

असल शासन प्रतिनिधि

नेपालगञ्ज/पशु क्वारेन्टाईन कार्यालय बाँकेको स्वामित्वमा रहेको होल्डिङ सेन्टरमा अनाधिकृत रुपमा बसिरहेका गैर नेपाली नागरिकहरुलाई हटाईने भएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले ७ दिन भित्र भवन खाली गर्न अल्मिेटम दिदैं सूचना टाँस गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर १५ पिप्रहवामा रहेको एक तले भवनमा अवैध रुपमा लामो समय देखि गैर नेपाली परिवार बस्दै आएका थिए ।

उक्त व्यहोरा उल्लेख गर्दै २०७८ फाल्गुण २६ गते बाँके प्रशासनमा लिखित गुनासो दर्ता भएपनि उक्त गुनासोको सुनुवाई भएको थिएन ।

बिबिध कारणले कार्यान्वयन प्रकृयामा गति नलिएको गुनासोलाई सम्वोधन गर्ने क्रममा आजबाट कार्यान्वयन प्रकृया अघि बढाएको छु –बाँकेका प्रमुख जिल्ला अधिकारी श्रबण कुमार पोख्रेलले भने–सरकारी स्वामित्वको भवन बर्षौ देखि अनाधिकृत तवरले कब्जा गरिरहेका गैर नेपाली नागरिक परिवारलाई उक्त भवन खाली गरि दिन ७ दिनको सूचना जारी गरिएकोछ, राम्रो कामको लागि प्रशासनलाई तपाईहरुको साथ, सहयोग र समर्थनको खांचो रहेको छ ।

 

  • ८ पुष २०८०, आईतवार प्रकाशित

  • Nabintech