६ प्रश्नमा मञ्जु धिमाल

माधव कार्की

मन्जु धिमाल, सदस्य
राष्ट्रिय किसान आयोग 

१. तपाईको जीवनको आर्दश के हो ?
– मेरो जीवनको आदर्श नै समाज सेवा हो ।

२. कसको उत्पे्ररणाले तपाई यहाँसम्म आई पुग्गु भयो ?
– बिद्यार्थीकाल देखिनै राजनितिमा सक्रीय भएकाले नेपाल सरकाले जुन अवसर दियो त्यो नै मेरो जिवनको उत्प्रेरणा हो ।

३. तपाईले समाजका लागि के गरिरहनु भएको छ ?
– नेपाल सरकारको सदस्य भएर कृषकहरुको हक अधिकारको बिषयमा काम गदै आएको छु । सरकार र कृषकहरुको समस्या समाधान का लागि बिचमा पुलको काम गर्दै आईरहेको र नेपाल सरकारका बार्षिक कार्यक्रम अनुसार कृषकका समस्या लाई केलाएर उनिहरुको मुख्य समस्याहरुलाई नेपाल सरकारसँग लिने र सरकारको तर्फबाट कृषकहरु माझ पैरबी गर्दै आएको छु ।

४. तपाईको जीवनको अविस्मरणीय क्षण ?
– नेपालमै लोपोन्मुख धिमाल जातिबाट नेपाल सरकार ले यती महत्वपुर्ण जिम्मेवारी दिएको छ यो नै मेरो लागि जिवनको अबिश्मरणीय क्षण हो ।

५. तपाईको बुझाईमा असल शासन भनेको के हो ?
– नेपाल सरकारले नीति,नियम र ऐनमा रहि जनतामाझ बिना झण्झटका साथ लागू गर्नु र जनताले सहजताको महसुस गर्न सक्नु न असल शासन हो ।
६. समाजका लागि तपाईको प्रतिबद्धता के छ ?
– आफु पहिले देखी नै महिलाहरुको हकहितमा काम गदै आएको भए पनि हाल कृषि समस्या समधानका लागि जिम्मेवारी पाएकाले त्यसैका लागि काम गर्ने प्रतिबद्धता रहेको छ ।

 

 

  • ८ पुष २०८०, आईतवार प्रकाशित

  • Nabintech