नीतिहरूलाई प्रभाव पार्ने कार्यक्रम सञ्चालन गर्दै आएका छौं

असल शासन प्रतिनिधि

ईन्दु रावल
अध्यक्ष, रिकभरिङ्ग नेपाल, बाँके

१. तपाईको नेतृत्वमा रहेको संस्थाले हालसम्म के के कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ?
– रिकभरिङ्ग नेपाल लागु औषध बिरुद्ध काम गर्ने संघ सस्था साथै लागूऔषध उपचार तथा पुर्नस्थापना केन्द्रहरुबाट लागुऔषध प्रयोग गर्ने मानिसहरूलाई सशक्तिकरण गर्ने काम, स्वास्थ्य र मानव अधिकारको प्रबद्र्र्धन गर्ने काम गर्दै आएको छ । जसले गर्दा लाग ुऔषध प्रयोगकर्ताहरुमा लागुऔषधबाट नकारात्मक जनस्वास्थ्यमा पर्ने असर र त्यसबाट सामाजिक रुपमा पर्न जाने नकारात्मक नतिजालाई कम गर्न मद्धत गरोस् भन्ने उद्धेश्यका साथ बाँके जिल्ला लगायत अन्य बिभिन्न जिल्लाहरुमा काम गर्दै र पैरवी गर्दै आईरहेको छ । रिकभरिङ नेपालले लागु औषध प्रयोगकर्ताहरुको जीवनलाई गुणस्तर सुधार गर्नका लागि पैरवी गर्नुका साथै उनीहरूको अधिकार पुर्नस्थापित गर्ने र सहयोगी वातावरण सिर्जना गर्ने नीतिहरूलाई प्रभाव पार्ने कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ ।

२. यहाँहरुको सहकार्य कुन कुन सस्था र निकायहरुसँग रहेको छ ?
– यस संस्थाले सेभ द चिल्ड्रेनको साझेदारीमा विभिन्न कार्यक्रम सन्चालन गरेरहेको छ ।

३. यहाँहरुले कस्का लागि कहाँ कहाँ काम गर्नु भएको छ ?
– यस रिकभरिङ्ग नेपाल बाँकेले बाँके जिल्ला लगायत लुम्बिनी प्रदेशका सबै जिल्लाहरुमा मानव अस्तित्वको लागि लागूपदार्थ प्रयोग गर्ने व्यक्तिहरूको जीवनको गुणस्तर सुधार गर्नु लागिपरेको छ ।

४.हालसम्म गरिएका उल्लेखित कार्यहरु के के हुन् ?
– रिकभरिङ्ग नेपालले लागुऔषध प्रयोगकर्ताहरुमा हुने भेदभावलाई सम्बोधन गर्न काम गरेको छ । लागुऔषध प्रयोगकर्ताहरुको आधारभूत मानव र स्वास्थ्य अधिकारको प्रवर्द्धन गर्न आवाज उठाएर नीति परिवर्तनको वकालत गर्ने गर्ने गरेकोले धेरै युवा पिढिहरु लाभान्वित भएका छन् । लागु औषध बारे व्यापक उपचार र उनीहरुको हेरचाहमा गुणस्तर पहुँच बढाउन विभिन्न सहयोगी समूहहरू मार्फत लागुऔषध प्रयोगकर्ताहरूसम्म पुग्न सफल भएको छ ।

५.सामाजिक क्षेत्रमा काम गर्दा के के चुनौतीहरु सामना गर्नुपरेको छ ?
– सामाजिक क्षेत्रमा काम गर्दा बिभिन्न चुनौतीहरु त आईनै रहन्छन् तर ति समस्याहरु लाई सामना गरेर अगाडी बढिरहेका छौं ।

६.आगामी कार्यक्रम र योजनाहरु के के छन् ?
– संस्थागत रणनितिमा रहेर लागुऔषध प्रयोगकर्ताहरुको लागि वकालत, अनुसन्धान, नीति संवाद, क्षमता निर्माण, स्रोत परिचालनको काम भैरहेको छ त्यसैलाई अगाडी बढाउने योजना रहेको छ ।

७. अन्त्यमा के भन्नुहुन्छ ?
पत्रिकाको माध्यामबाट समाजमा भएका बिकृति बिसङ्गतीहरुको भण्डाफोर गर्दै आएको यस मिडियाले संघ सस्थाहरुको गतिबिधिहरु लाई नागरिकहरु माझ पुरयाउने काम गरेकोमा धन्यवाद ।
प्रस्तुती
माधव कार्की

  • ८ पुष २०८०, आईतवार प्रकाशित

  • Nabintech