६ प्रश्नमा निर्मला श्रेष्ठ

माधव कार्की

निर्मला श्रेष्ठ
प्रतिनिधि, फ्रीडम कीट ब्याग्स

१. तपाईको जीवन को आदर्श के हो ?
– मेरो जिवनको आदर्श नै समाजसेवा हो ।

२. कस्को प्रेरणाले तपाई यहाँ सम्म आइपुग्नु भयो?
– मेरो आमा बुवाका साथै बिशेष गरी मदर टेरेसाको उत्प्रेरणाले गर्दा म यहाँ सम्म आईपुगेकी छुुँ ।

३. तपाईले समाजका लागि के गरिरहनु भएको छ ?
– २०७२ साल देखि सामजिक क्षेत्रमा काम गर्दै आएको छु । महिनावारी सम्बन्धी जनचेतना मुलक कार्यक्रम गर्नुका साथै सेनेटरी प्याड लगायतका सामानहरु बितरण गर्ने र बिपद ब्यस्थापमा सहयोग गर्ने काम गर्दै आईरहेकी छु ।

४. तपाईको जिवनको अबिस्मरणिय क्षण के हो?
– २०७२ सालमा भुकम्प जाँदा सिन्धुपाल्चोकमा धेरै मानबिय क्षती भएको थियो, जसमा मैले आफन्त पनि गुमाएकी थिएँ त्यो नै मेरो अबिश्मरणिय क्षण हो ।

५.तपाईको बुझाईमा असल शासन भनेको के हो ?
– राज्यको सेवा सुबिधाहरु नागरीकहरुले सजिलै प्राप्त गर्न सक्नु नै असल शासन हो ।

६.समाजका लागि तपाईको प्रतिबद्धता के छ ?
– मानव भए पछि केही न केही गर्न पर्छ भन्ने मान्यताका साथ समाजमा केही सकारात्मक काम गर्ने छु । सेनेटरी प्याड बितरणका साथै महिलाहरुलाई ठाउँ ठाउँमा आत्म निर्भर बनाउने तालिमहरु आयोजना गर्ने मेरो प्रतिबद्धता रहेको छ ।

  • १० पुष २०८०, मंगलवार प्रकाशित

  • Nabintech