लागु औषध बिरुद्ध जवाफदेही बनौं

माधव कार्की

ईन्दिरा शाही, अध्यक्ष
सहयोगी मन, बाँके

१. तपाईको नेतृत्वमा रहेको संस्थाले हालसम्म के के कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ?
– २०८० श्रावण १४ गते जिल्ला प्रशासन कार्यालय बाँकेमा बिधिवत रुपमा दर्ता भएर बाँके जिल्लामा रहेका महिला, बालबालिका तथा जेष्ठ नागरिकहरुका लागि बिभिन्न जनचेतनामुलक कार्यक्रमहरु गर्दै आई रहेको छ । संस्था स्थापनाको शुरुवातीमा कृषिमा सुधार ल्याउन नेपालगञ्ज उपमहानगरपालिकाको गणेशपुरमा ४ कठ्ठा जमिन भाडामा लिएर फुल खेती गर्दै आएका छौं । शिक्षा, स्वास्थ्यको वकालतका साथै लागुपदार्थ बिरुद्ध सचेततनामुलक कार्यक्रमहरु गर्नुका साथै समाजको हितमा रहेर कार्य गर्दै आएका छौं ।

२.यहाँहरुको सहकार्य कुन कुन संस्था र निकायहरुसँग रहेको छ ?
– संस्था स्थापना भएको धेरै बर्ष नभएकाले हाल सम्म त कुनै निकाय संग सहकार्य गरेका छैनौं । तर निकट भबिश्यमा हाम्रो संस्थाको उद्धेश्य मिल्ने संस्था र स्थानिय सरकारसँग सहकार्य गर्ने योजना रहेको छ ।

३. यहाँहरुले कस्का लागि कहाँ कहाँ काम गर्नु भएको छ ?
– महिला बालबालिका तथा जेष्ठ नागरिकहरुका लागि बाँके र बर्दियामा काम शुरु गरेका छौं ।

४. हालसम्म गरिएका उल्लेखनिय कार्यहरु के के हुन ?
– सिधनियाघाट सरसफाई कार्यक्रम गर्नुका साथै फुल खेतीको लागि जमिन भाडामा लिएर फुल खेती अहिले सम्मका हाम्रा उल्लेखनिय कार्य हुन् ।

५.सामाजिक क्षेत्रमा काम गर्दा के के चुनौतीहरु सामना गर्नुपरेको छ ?
– महिला भएर सामाजिक काम गर्न, बिश्वास दिलाउन समस्या हुनुको साथै संस्था सञ्चालनका लागि आर्थिक चुनौती हुने गरेको छ । जसलाई सामना गरेर अघि बढिरहेका छौं ।

६.आगामी कार्यक्रम र योजनाहरु के के छन् ?
– लागुपदार्थ दुब्र्यशसन बिरुद्ध सचेतना मुलक कार्यक्रम, सरसफाई कार्यक्रम, रक्तदान कार्यक्रम गर्नुका साथै महिला तथा बालबालिकाहरुको लागि खेलकुदमा प्रोत्साहन दिन बिभिन्न खेलकुदका कार्यक्रमहरु सञ्चालन गर्ने योजना रहेको छ ।

७. अन्त्यमा के भन्नुहुन्छ ?
लागु पदार्थ दुरव्यसनका घटना समाजमा दिनहुँ बढ्दै गईरहेको अवस्थामा दुब्र्यसनमा फसेका ब्यक्तिहरुलाई पुर्नस्थापनाका लागि राज्य तथा समाजले आआफ्नो ठाउँमा भुमिका खेल्न जरुरी छ ।

  • १० पुष २०८०, मंगलवार प्रकाशित

  • Nabintech