समुदाय बिकासमा लागौं

माधव कार्की

गिता कोईराला
अध्यक्ष, महिला मिलिजुली संस्था

१. तपाईको नेतृत्वमा रहेको संस्थाले हालसम्म के के कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ?
– २०६२ माघ ३० गते जिल्ला प्रशासन कार्यालय बाँकेमा बिधिवत रुपमा दर्ता भएर महिला मिलिजुली संस्थाले नेपालगञ्ज भित्र बसोबास गर्ने दलित,मुस्लिम,मधेसी,जनजाती समुदायका महिला बालबालिका तथा अपाङ्गता भएका ब्यक्तिहरुको सामाजिक आर्थिक र पारिवारीक जीवनस्तर सुधार ल्याउन समुदायमा सञ्चालित संस्था हो । नेपालगञ्ज उपमहानगर भित्र रहेका बिभिन्न समुदायमा निम्न बर्गका, पिछडिएका महिलाहरुको लागि सम्य्दायमा बिभिन्न समुहहरु बनाएर थोरै थोरै रकम जम्मा गर्ने र बचत गरेको पैशा उनिहरुलाई नै बिभिन्न ब्यवसाय गर्न उत्साहित गराउदै आएका छौ । सामुदायिक सशक्तीकरण कार्यक्रम समुदायमा रहेका बालबालिका लक्षित स्वास्थ्य तथा सरसफाई सम्बन्धी शिक्षा दिनुपर्छ भन्ने उद्धेश्यका अनुरुप बालबालिकाहरुलाई बालस्वास्थ्य सम्बन्धी अभिमुखीकरणका साथै उनीहरुमा हजिरीजवाफ प्रतियोगीता पनि सञ्चालन गर्दै आईरहेका छौं ।समुदायका महिलाहरुलाई उनीहरुमा शिपमुलक शिक्षा दिएर आत्मनिर्भर बनाउन निम्न बर्गका दलित मुस्लिम तथा पिछडिएका महिलाहरुको लागि शिपमुलक तालिमहरु जस्तै कुसन बनाउने,गुडिया बनाउने,चाउमिन बनाउने,सिलाई कटाई तालिम पनि दिदै आएका छौं ।

२.यहाँहरुको सहकार्य कुन कुन संस्था र निकायहरुसँग रहेको छ ?
– आई.एन एफ अस्ट्रेलिया र स्थानिय पालिका र वडा ६ को कार्यालयको सहकार्यमा काम गर्दै आएका छौं ।

३. यहाँहरुले कस्का लागि कहाँ कहाँ काम गर्नु भएको छ ?
– नेपालगञ्ज उपमहानगरपालिका भित्र बसोबास गर्ने लक्षित समुदायका मुस्लिम,मधेसी, दलित, जनजाती महिलाहरुलाई सेवा पुर्याउने उद्धेश्यले नेपालगन्ज उपमहानगरपालिका अन्तर्गत वडा नम्बर १ वडा नम्बर १३ सम्ममा काम गर्दै आएका छौं ।

४. हालसम्म गरिएका उल्लेखित कार्यहरु के के हुन ?
– यस मिलिजुली संस्थाका का उल्लेखनिय कार्यहरुमा भन्नु पर्दा यसै संस्थाबाट नमुना बहुउद्धेश्यीय सहकारी स्थापना गरेर जस्मा ३५० जना सम्म सहकारीमा सदस्यहरु आबद्ध गरेका छौं , शुरुवाती चरणमा हामी सँगै काम गर्नुभएका समुदायका महिलाहरु हाल विभिन्न सहकारी, संघ सँस्था र स्थानिय जनप्रतिनिधी बनेर काम गरिरहनु भएको छ , समुहमा आबद्ध धेरै महिलाह्ररु बिभिन्न चरणका सिपमुलक तालिमहरु लिएर हाल भैसीपालन,बाख्रा पालनका साथै यही सहकारी बाट ऋन लिएर आफ्नै ब्यपार ब्यवसाय सञ्चालन गर्दै आएका छन् जसमा सिलाईकटाई तालिम देखी किराना पसल हरु सञ्चालनमा छन् । संस्थाका ,बिभिन्न चरणमा भएका अभिमुखीकरण तालिमका सहभागिहरु अहिले प्रशिक्षकको रुपमा काम गरिरहनु भएको छ ।

५. सामाजिक क्षेत्रमा काम गर्दा के के चुनौतीहरु सामना गर्नुपरेको छ ?

– संस्था सञ्चालनका लागि आर्थिक चुनौती देखी समुदायमा जाँदा शूरुमै उनीहरुमा बिश्वास दिलाउन गाह्रो हुन्छ भने काम गर्दा बिच, बिचमा अनेक समस्याहरु आउँछन् ।

६. आगामी कार्यक्रम र योजनाहरु के के छन् ?
– संस्थागत लक्ष्य र उद्धेश्यका साथ अगाडी बढ्नुका साथै संस्थाबाट सञ्चालन हुदै आएको सिलाईकटाई तालिमलाई ब्यवसायिकरण गर्दै लैजानुका सथै यस संस्थाबाट सञ्चालित नमुना बहुउद्धेश्यीय सहकारी संस्थालाई बृहत रुपमा बढाएर लैजाने योजना रहेको छ ।

७. अन्त्यमा के भन्नुहुन्छ ?
– सबै मिलेर समुदाय बिकासमा लागौं ।

 

  • १० पुष २०८०, मंगलवार प्रकाशित

  • Nabintech