बालवालिकाको सुरक्षा माग गर्दै प्रशासनको ध्यानाकर्षण

असल शासन प्रतिनिधि

डोटी । पछिल्ला केही दिन यता जिल्लामा बालवालिकाहरु हराउन थालेपछि बालवालिकाको संरक्षण र सुरक्षाको माग गर्दै बासनेपाल डोटी शाखाले प्रशासनको ध्यानाकर्षण गराएको छ ।
बुधवार बास नेपाल डोटी शाखाका पदाधिकारीहरु जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा पुगेर उक्त ध्यानाकर्षण पत्र बुझाएको हो ।
ध्यानाकर्षण पत्रमा जिल्लामा पछिल्लो समयमा बालबालिकाहरू अभिभावक तथा आफन्तहरूलाई समेत जानकारी नभई घरबाट हराउने गरेको, अपरिचित व्यक्ति मार्फत विभिन्न प्रलोभनमा पारि अन्यत्रै लैजाने र अलपत्र पारि छोडेको अवस्थामा भेटिन थालेकोले तिनीहरूको सुरक्षा र संरक्षणका लागि यथासक्य आवश्यक कदम चाल्न प्रशासनलाई अनुरोध गरिएको छ।


ध्यानाकर्षण पत्र बुझ्दै डोटीका निमित्त प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले यो बिषय गम्भिर भएकाले सो समस्या तत्काल समाधान गर्न आवश्यक समनवय गर्ने बताए । यसैगरी प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तबले स्थानीय सरकार र प्रहरी युनिटसँग समन्वय गरी यो बिषयलाई प्रमुखताका साथ लिने प्रतिबद्धता गरेका छन् ।
कार्यक्रममा बास नेपाल सुदूरपश्चिम प्रदेश सचिव गणेश मौनी, शरिता कठायत लगायत पदाधीकारीहरुको सहभागिता रहेको थियो ।

  • ११ पुष २०८०, बुधबार प्रकाशित

  • Nabintech